वाम गठबन्धनको चन्द्रपुर सभामा बम विस्फोट हुदा ८ जना घाइते, रामचन्द्र पौडेलमाथि पनि प्रेसरकुकर बम प्रहार

रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् ।


वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ । विष्फोटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ।

पौडेलमाथि तनहुँको भानु नगरपालिका १०, कालीमाटीमा बम प्रहार भएको नेपालखबरका संवाददाता प्रशन्न पोखरेलले जानकारी दिएका छन्। बम प्रहारबाट पौडेलको गाडीमा सामान्य क्षति भएको छ।

गोरखा २ मा आयोजित नयाँ शक्ति र नेपाली कांग्रेसको संयुक्त चुनावी सभालाई सम्बोधन लमजुङमा कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा पौडेलको गाडीमाथि बम प्रहार भएको हो।

प्रकाशित मिति २ मङ्सिर २०७४ शनिबार