यस्तो कसैको नहोस् ! विवाह भएको भोलिपल्ट सिन्दुर पुछिएकी चेली

गुल्मी | चिसो मौसम छ । कच्ची र अँध्यारो कोठाको भुँईमा पराल ओछाईएको छ । त्यसैमा उनि सेतो पहिरनमा लडेकी छन् । वेला वेलामा हे…. मेरो हजुर भन्दै चित्कार छाड्छिन र वेला वेलामा अचेत हुन्छिन् । जागेको बेला एकछिन उठेर बस्नु न भन्दा उठ्न सक्दिँन भन्छिन् ।

उठ्ने प्रयास पनि गर्छिन तर सक्दिँनन् । विवाहको एक साता नपुग्दै नवदुलहा बेपत्ता भएका र झण्डैै एक महिना पछि मृत फेला परे देखि करले रशीलो पदार्थ वाहेक उनको पेटमा अरु खाद्य पदार्ध परेको छैन भन्छन परिवारजन ।

वाहिरपट्टि साईला ससुराले पनि भतिजाको किरियाक्रम गरी रहेका छन् । आँगनको कुनामा एक महिना अघि मात्र विवाह गर्दा चढाईएका ध्वजापताहरु फर्फराई रहेका छन् । त्यसैको कोखमा उनै वेहुलाको श्रद्धाञ्जीका लागि राखिएको तस्वीर र शोक पुस्तीका डेक्स राखिएको छ ।
[youtube https://www.youtube.com/watch?v=pHTcYQZvS-w]