नेवा पुच: मेलबर्नद्धारा धिमेपछि बासुरी बजाउने तालिम सम्पन्न


एपिंग मेमोरियल हाल, मेलबर्न: नेवा पुच: मेलबर्नले नेवा संस्कृतिलाई मेलबर्नमा पनि जीवन्त बनाइराख्ने अभिप्राय अनुरुप मेलबर्नमा बस्ने युवा बर्गलाई छ: महिने धिमे बजाउने तालिम दिने काम भव्यताका साथ सम्पन्न गरेपश्चात ८ महिना लगाएर वाँसुरी बजाउने तालिम सम्पन्न गरेको उपलक्षमा ‘टेस्ट एण्ड ट्युनस’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

धिमे कार्यक्रमपस्चात नेवा पुच: मेलबर्नद्धारा मेलबर्नमा पहिलो पटक गाइजात्रा आयोजना गरेको थियो । गाइजात्रापछि बाँसुरी बजाउने यो तालिम आयोजना गरेको हो ।

भिक्टोरियाका लागि नेपाली कन्सुलर निराजन गौली र लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा संयुक्त रुपमा पानसमा बत्ति बालेर शुभारम्भ गरिएको कार्यक्रममा ध बाजा, धिमे बाजा र बासुरी टिम क्रमश: हलमा आ-आफ्नो प्रस्तुति सहित प्रबेश गरेपश्चात लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठद्धारा बासुरी तालिमका गुरुद्धय सोमु महर्जन र दिपसन पुटुवारलाई सम्मान स्वरुप खादा र मायाको चिनो प्रदान गरे भने धिमॆ गुरु रफिक महर्जनले संस्थाको तर्फबाट प्रमाणपत्र । कन्सुलर निराजन गौलीले बासुरी कार्यक्रममा सहभागीहरुलाई सम्मान स्वरुप खादा लगाइदिए भने संस्थाका अध्यक्ष संजिव श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमको अन्तमा तालिममा सहभागीहरुमध्ये तीन क्याटेगोरी बेस्ट स्टुडेन्टमा अजित प्रधान, कन्सिस्टेन्ट स्टुडेन्टमा दिपीता फैजु र ओभरअल परफरमर स्टुडेन्टमा सुरज गोसैनलाई बासुरी तालिमका गुरुद्धय सोमु महर्जन र दिपसन पुटुवारले प्रमाणपत्र र पुरस्कार प्रदान गरे ।

कार्यक्रम संयोजक सचिन महर्जन रहेको र सोनिया केसी शाक्यद्धारा संचालित उक्त कार्यक्रममा लाइभ मंगल धुन सीताराको प्रस्तुतिका साथ अतिथिहरुलाई सम्मान गरिएको थियो र नेवारी र नेपाली भाषाका नाच र गीतहरु प्रस्तुत गर्दै कार्यक्रम नेपालमय बनाइएको थियो ।

कार्यक्रमको भिडियो: