अस्ट्रेलियाको भिक्टोरिया राज्यको ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा २ जना नेपाली मूलका पनि सम्मानित


मेलबर्न, अस्ट्रेलियाः समुदायमा योगदान पुर्‍याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मान गर्ने गरेकोमा यो बर्ष २ जना नेपाली मूलका पनि परेका छन ।
यस वर्ष विभिन्न विधाका पुरस्कृतमध्ये नेपाली तथा विभिन्न बहुसांस्कृतिक संस्थाहरूमा आवद्ध रहँदै आएका वैज्ञानिक डा राजु अधिकारी ‘भिक्टोरियन मल्टिकल्चरल अनर रोल’ द्धारा सम्मानित भएका छन भने पेसाले एक मेन्टल हेल्थ नर्स रहेका भुटानी कम्युनिटी इन अस्ट्रेलियाका अध्यक्ष पर्सु बुडाथोकी ‘रेफ्युजी लिडरशिप अवार्ड’द्धारा ।
धेरै जना सम्मानितमध्ये नेपाली मूलका यी दुइ जना परेका हुन।