१० जनवरी, मेलबर्न: मेलबर्नस्थित नेपाली मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच चर्चित भागवत मन्जरी राधिका दासीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूत र अस्ट्रेलियामा फोहोरको रुपमा फालिने बोत्तलहरु संकलन गरी त्यसबाट संकलित रकम नेपालको पर्यायवरणसम्बन्धी कामका लागि प्रयोग गरिने उद्धेस्यका साथ स्थापित Recycle to Revive (R2R) को संरक्षकको रुपमा नियुक्त गरिएको छ ।

सरकारद्धारा गरिनुपर्ने काम सरकारद्धारा नगरिएकोले जनस्तरबाट विस्व अभियान शुरु गरी १६ बर्षको समयाबधिमा राष्ट्रिय अन्तरास्ट्रिय महत्वका धेरै उपलब्धी हासिल गरेको फेहरिस्त पेश गर्दै अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले अभियानले दुइ दर्जनभन्दा बढी रास्ट्रिय अन्तरास्ट्रिय सेलिब्रिटिहरुलाई सम्मान गरिसकेको सन्दर्भमा विस्वब्यापी आध्यात्मिक जागरण अभियानमा सक्रिय भएर ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई महापुराण मार्फत उजागर गर्ने र राधिका फाउण्डेसन मार्फत दीन दु:खि सडक बालबालिका एबं महिलाहरुको उद्धार, उपचार तथा शिक्षा प्रदान गर्ने कार्यमा शरिक भागवत मन्जरी राधिका दासीज्यूलाई सम्मान स्वरूप अभियानको सांस्कृतिक दूत नियुक्त गरेको बताए ।

आरटुआरका महासचिबमा डा एकिन्द्र तिमिल्सेनाद्धारा संचालित कार्यक्रममा अध्यक्ष भास्कर रेग्मीले संस्थाको उद्धेस्यमाथि प्रकाश पार्दै संस्थाद्धारा भए गरेका कामको फेहरिस्त पेश गर्दै राधिका दासीलाई संस्थाको संरक्षकको प्रमाणपत्र हस्तान्तरण गरे ।

आरटुआरका कार्यकारी सदस्य प्रकाश अर्यालले नयाँ पुस्तालाई अभियानमा शरिक गराउने नीति अख्तियारीले अभिभावक स्वत: स्फूर्त रुपमा जोडिने र यसले नयाँ पुस्तालाई नेपालसंग भावनात्मक रुपमा जोड्ने बताए ।

विस्व संयोजक एबं आरटुआरका सल्लाहकार श्रेष्ठले लुम्बिनी विश्व शान्ति मञ्चद्धारा संचालन गरिएको दश लाख बृक्षारोपण तथा संरक्षण अभियानमा सहभागिता एबं ऐक्यबद्धता जनाउन आरटुआरले ५०० डलर प्रदान गर्ने निर्णय गरेको र संस्थाका उपाध्यक्ष प्रकाश लामिछाने नेपाल जाने क्रममा बृक्षारोपण कार्यक्रममा सहभागिता जनाउने जानकारी दिए ।
चर्चित कथा वाचिका राधिका दासीले वुद्धले वुद्धत्व प्राप्त गर्न अपनाउनु भएको ध्यान बिधि बिपस्यनालाई आफूले ८ बर्षको उमेरदेखि अपनाएको र अहिले पनि त्यसलाई निरन्तरता दिंदै आएको जानकारी दिंदै नेपाल टुरिज्म बोर्डले आफूलाई सांस्कृतिक दूत बनाएको र जापानमा यस्तै बिषयमा तिन दिने कार्यक्रम समेत गरेको बताउँदै वुद्धसंबंधी विस्व अभियानमा जोडिन पाएकोमा खुशी ब्यक्त गरिन ।
दासीले प्लास्टिक उत्पादन गर्ने क्रममा पनि अत्यधिक प्रदुषण पैदा गर्ने, प्लास्टिकको भाडामा धेरै समय खाने कुरा राख्दा पनि हानिकारक हुने र प्लास्टिकलाई प्रयोग गरिसकेर जलाउदा पनि प्रदूषित पनि हुने र नाश पनि नहुने भएकोले पुन: प्रयोग गर्नु नै सबैभन्दा उत्तम उपाय भएकोले संस्थाको उद्धेस्य अत्यन्तै राम्रो भएको र त्यसमाथि अस्ट्रेलियामा संकलित रकम नेपालमा वाताबरण क्षेत्रमा योगदान पुर्याउने किसिमले मात्रै प्रयोग गरिने उद्धेस्य प्रसंशनिय भएको बताइन ।