स्कटल्याण्डबाट लक्ष्मी देवकोटा एनआरएनए आईसिसि अन्तर्गतको कला तथा सांस्कृतिक विभागमा छनौट।


गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले स्कटल्याण्ड बाट लक्ष्मी देवकोटा एनआरएनए आईसिसि अन्तर्गतको कला तथा सांस्कृतिक विभागमा छनौट भएको छ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही ५ तारिख सोमबार स्कटल्याण्डमा भौतिक रूपमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले संरक्षक, सल्लाहकार, को–अप्ट सदस्यहरू तथा अन्य जिम्मेवारी विभागहरुको पद मनोनयन गरेका थिए। रिक्त विभागहरूमध्ये स्कटल्याण्ड बाट सांस्कृतिक विभागमा लक्ष्मी देवकोटा छनोट गरिएको थियो। देवकोटा विगतदेखि नै एक सक्रिय सामाजिक तथा सांस्कृतिक कार्य मा संलग्नता रही समाजमा योगदान गर्दै आइरहेका थिइन्। देवकोटा नेपाल स्कटल्यान्ड एसोसिएसन का पूर्व सदस्यको रूपमा र हाल नेपाल स्कटल्यान्ड एसोसिएसन महिला समूह मा सक्रिय सदस्यको रूपमा समाज मा सेवा गर्दै आइरहेको छ।

एनआरएनए आईसिसि अन्तर्गतको कला तथा सांस्कृतिक विभागमा स्कटल्याण्डबाट कार्यको मूल्याङ्कन गरी छनोट गरी उक्त पदमा नियुक्त गरिदिएकोमा गैर आवासीय नेपाली संघ राष्ट्रीय परिषद युकेको सिंगो टिमलाई लक्ष्मी देवकोटा हार्दिक आभार प्रकट गर्दछ र आफ्नो जिम्मेवारी लाई पुरा गर्न सधैँ तत्पर रहने बताए।

धन्यवाद।