नयाँ वर्ष २०२६ को अवसरमा एनआरएनए आईसीसी उपाध्यक्ष रोबिन शेर्चनको शुभकामना


काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का उपाध्यक्ष रोबिन शेर्चनले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उपाध्यक्ष शेर्चनले नयाँ वर्ष २०२६ ले सबैको जीवनमा शान्ति, स्वास्थ्य, समृद्धि र सफलताका नयाँ अवसरहरू लिएर आओस् भन्ने कामना गर्नुभएको छ।

उहाँले विश्वभर छरिएर रहेका नेपाली समुदायबीच एकता, सहकार्य र सकारात्मक सोच अझ मजबुत हुने विश्वास व्यक्त गर्दै नयाँ वर्षलाई आशा र सम्भावनाको वर्षका रूपमा स्वागत गर्न आह्वान गर्नुभएको छ।

एनआरएनए आईसीसी उपाध्यक्षको हैसियतमा प्रवासी नेपालीको हकहित, पहिचान र मातृभूमिसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि उहाँको सन्देशमा झल्किएको छ।