काठमाडौं/सिउल —गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) की उपाध्यक्ष तथा चर्चित समाजसेवी जुनु गुरुङले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई लक्षित गर्दै ‘मेरी क्रिसमस’ शुभकामना सन्देश सार्वजनिक गर्नुभएको छ।
हाल दक्षिण कोरियामा रहँदै आउनुभएकी गुरुङले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शान्ति, सद्भाव, आपसी सहकार्य र मानवतामूलक मूल्यलाई अझ मजबुत बनाउन क्रिसमस पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।
महिला नेतृत्वको सशक्त प्रतीकका रूपमा स्थापित जुनु गुरुङ एनआरएनए भित्र महिला सहभागिता, नेतृत्व विकास र प्रवासी नेपालीको हक–हितका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ। उहाँलाई आज एनआरएनएभित्रकै सबैभन्दा प्रभावशाली र शक्तिशाली महिला नेतृका रूपमा लिइन्छ।
समाजसेवामा समर्पित गुरुङले शिक्षा, महिला सशक्तीकरण, आपतकालीन सहयोग र प्रवासी नेपालीबीच एकता कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको क्रिसमस सन्देश केवल पर्वको शुभकामना मात्र नभई, मानवता, सहअस्तित्व र विश्वव्यापी नेपाली एकताको प्रतीक बनेको छ।
एनआरएनए आईसीसी उपाध्यक्षको हैसियतमा जुनु गुरुङले देखाउँदै आएको सक्रियता, स्पष्ट दृष्टिकोण र नेतृत्व क्षमताले आगामी दिनमा प्रवासी नेपाली राजनीतिमा महिला नेतृत्वलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
‘मेरी क्रिसमस’ सँगै, एकता र सद्भावको सन्देश फैलाउँदै जुनु गुरुङ।