नेपालको गुल्मी आपचौर खार्बङ निवासी तुल्सीराम खरालको शरीरको तल्लो भाग पैरालाइज (Paralysis) भई TU हस्पिटलमा उपचारार्थको लागि स्कटल्यान्ड निवासी स्कटल्यान्ड एसोसिएसनका सक्रिय सदस्य, सफल व्यवसायी तथा समाजसेवी टिकाराम खराल द्वारा संकलित रकम हस्तान्तरण गरेको छ।

यस समाजिक कार्यका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, शुभेच्छा तथा निरन्तर प्रार्थना गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई नेपालदेखि खराल परिवार हृदयदेखि हार्दिक धन्यवाद व्यक्त गर्दछ।
यस कठिन समयमा देखाउनु भएको माया, सद्भाव र एकताले हामीलाई ठूलो हौसला दिएको कुरा पीडित परिवार बताउनुहुन्छ।
WhatsApp समूहमार्फत संकलन गरिएको कुल रकम रु. ५,८५,००० (पाँच लाख पचासी हजार रुपैयाँ) नेपाल पठाइ सकिएको र उक्त रकम रु. ३,००,००० र रु. २,८५,००० गरी दुई किस्तामा बिरामी का श्रीमती पार्बती खरालको नाममा ट्रान्सफर गरिएको जानकारी गर्दछ।
धन्यवाद।

