काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विश्व कीर्तिमानी तथा लिजेन्डरी पर्वतारोही मिंग्मा शेर्पा औपचारिक रूपमा प्रवेश गर्ने भएका छन्। रास्वपाले आयोजना गरेको उक्त विशेष कार्यक्रम भोलि बिहान ११ बजे पार्टी कार्यालय, बनस्थलीमा सम्पन्न हुने जनाइएको छ।
यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा देशप्रेमी नागरिकहरू, आमाबुवा, पार्टीका सदस्यहरू तथा समर्थकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरिएको छ।
रास्वपाका युवा नेता आङ्डी शेर्पाका अनुसार मिंग्मा शेर्पाको पार्टी प्रवेशले वैकल्पिक राजनीति र राष्ट्रनिर्माणको अभियानलाई थप ऊर्जा र प्रेरणा दिने विश्वास लिइएको छ। उनले सबैलाई कार्यक्रममा सहभागी भई परिवर्तनको यात्रामा साथ दिन अपिल गरेका छन्।
उक्त अवसरलाई रास्वपाले महत्वपूर्ण राजनीतिक घटनाका रूपमा लिएको छ।