हिल्टन डबलट्री एम स्क्वायर दुबई र DNIG बीच ऐतिहासिक समझदारीपत्र (MOU), DNIG सदस्यलाई खाद्य तथा पेय पदार्थमा २५% सम्म छुट


दुबई — समुदाय सहभागिता र अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउँदै हिल्टन होटल डबलट्री एम स्क्वायर दुबई र DNIG – दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुप बीच ऐतिहासिक समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। यस सहमतिअनुसार DNIG सदस्यहरूले होटलका सबै खाद्य तथा पेय पदार्थमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यो सहकार्य नेपाली समुदायका लागि पहिलोपटक स्थापित भएको उल्लेखनीय उपलब्धि हो। कुनै पनि नेपाली संस्थाले हिल्टन होटल्स एण्ड रिसोर्ट्स जस्तो प्रतिष्ठित बहुराष्ट्रिय होटल समूहसँग प्रत्यक्ष सम्झौता गरी आफ्ना सदस्यहरूलाई लाभ दिलाएको यो पहिलो उदाहरण बनेको छ। यसले हिल्टनको समुदायमैत्री सोच र DNIG को विश्वव्यापी प्रभावलाई प्रस्ट रूपमा उजागर गरेको छ।

DNIG ले यूएईमा मात्रै २,००० भन्दा बढी सदस्यहरू प्रतिनिधित्व गर्दछ भने यसका सदस्यहरू १० भन्दा बढी देशहरूमा सक्रिय छन्। यस पहलले DNIG सदस्यहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने मात्र नभई, समुदाय-आधारित सहकार्यका लागि नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्र हस्ताक्षर समारोहमा दुबईस्थित नेपाली महावाणिज्यदूत महामहिम हरि ओडारीज्यू को उपस्थितिमा सम्पन्न भएको थियो। साथै कार्यक्रममा नेपाल–स्विस चेम्बर अफ कमर्सका अध्यक्ष, PATA नेपालका अध्यक्ष श्री खेम आर. लकाई, CHE प्रतिनिधिहरू तथा DNIG का विशिष्ट सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समझदारीपत्रमा DNIG का संस्थापक श्री मनोज मरहट्टा र हिल्टन होटलका प्रतिनिधि श्री दीपक ले हस्ताक्षर गर्नुभएको हो।

हिल्टन र DNIG दुवैले यस पहलप्रति गर्व व्यक्त गर्दै यसले समुदायबीच सहकार्य, आपसी समझदारी र साझा विकासलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका छन्।

यो साझेदारी विश्वभर रहेका नेपाली परिवार र समुदायका लागि गर्वको विषय बनेको छ, जसले एकता, प्रगति र अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाएको छ।