स्कटनेपाल युके,
प्रविधिको विकाससँगै ज्योतिष परामर्श पनि डिजिटल बन्दै गएको छ । यही क्रममा आस्था ज्योतिष App ले पहिलो पटक App डाउनलोड गर्ने नयाँ ग्राहकहरूका लागि प्रत्यक्ष निःशुल्क ज्योतिष परामर्श सुविधा सार्वजनिक गरेको छ ।
App अनुसार नयाँ प्रयोगकर्ताले नेपालभरिका जुनसुकै अनुभवी ज्योतिषसँग पहिलो पटक निःशुल्क Call वा Chat मार्फत ज्योतिष परामर्श लिन सक्नेछन् । जन्मकुण्डली, ग्रहदशा, गोचर , विवाह, प्रेम, करियर, व्यवसाय, स्वास्थ्य तथा मानसिक अन्योलजस्ता विषयमा प्रत्यक्ष परामर्श लिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
प्रत्यक्ष Call वा Chat मार्फत परामर्श
आस्था ज्योतिष App मा प्रयोगकर्ताले आफ्नो सहजताअनुसार Call वा Chat दुवै माध्यम रोज्न सक्नेछन् । प्रत्यक्ष कुरा गरेर समाधान खोज्न चाहनेका लागि Call सुविधा र लेखेर शान्त रूपमा परामर्श लिन चाहनेका लागि Chat सुविधा उपलब्ध गराइएको छ ।
100 भन्दा बढी अनुभवी नेपाली ज्योतिष एकै प्लेटफर्ममा
यस App को मुख्य विशेषता भनेको नेपालभरिका 100 भन्दा बढी अनुभवी, प्रमाणित र विश्वासिला ज्योतिषहरू एकै प्लेटफर्ममा उपलब्ध हुनु हो । विभिन्न ज्योतिष विधामा दक्ष ज्योतिषहरूबाट प्रयोगकर्ताले व्यवहारिक र स्पष्ट मार्गदर्शन पाउने अपेक्षा गरिएको छ।
सुरक्षित र गोप्य सेवा
कम्पनीका अनुसार ज्योतिष परामर्श संवेदनशील विषय भएकाले प्रयोगकर्ताको गोपनीयतालाई उच्च प्राथमिकता दिइएको छ । Call र Chat दुवै सेवा पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरिएको छ ।
नयाँ प्रयोगकर्तालाई लक्षित आकर्षक अफर
पहिलो पटक App डाउनलोड गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको निःशुल्क पहिलो परामर्श सुविधाले ज्योतिष सेवाप्रति आम प्रयोगकर्ताको पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ । यसले समय र खर्च दुवैको बचत हुने पनि कम्पनीको भनाइ छ ।
आस्था ज्योतिष App हाल Google Play Store मा उपलब्ध रहेको छ । कम्पनीले ज्योतिषीय मार्गदर्शन चाहने सबैलाई App डाउनलोड गरी निःशुल्क पहिलो परामर्शको लाभ लिन आग्रह गरेको छ ।
तलको लिंकमा क्लिक गरेर Astha Jyotish App डाउनलोड गर्न सकिने छ ।
https://play.google.com/store/apps/details?id=com.asthajyotish.app