सहिदलखन सरोकार चिया छलफल कार्यक्रम सम्पन्न


गोरखा जिल्ला सहिदलखन गाउँपालिकाबाट काठमाडौँ आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तित्वहरूबीच सहिदलखनमा सम्भावित विकास, सामाजिक योगदान र भावी पहलहरूबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सरोकार चिया छलफल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

काठमाडौँको सगुन क्याफे, बालाजुमा सम्पन्न उक्त कार्यक्रममा सचेत र जिम्मेवार नागरिकको हैसियतले सहिदलखनका लागि के–कस्ता सकारात्मक काम गर्न सकिन्छ भन्ने विषयमा खुला र रचनात्मक विचार–विमर्श गरिएको थियो। कार्यक्रममा उपस्थित सहभागीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, स्थानीय विकास र सामाजिक एकताका विषयमा महत्वपूर्ण सुझाव तथा धारणा प्रस्तुत गरेका थिए।

 

 

कार्यक्रमको आयोजना शिव बञ्जाराले गर्नुभएको थियो। सहभागीहरूले यस्ता छलफलहरूलाई निरन्तरता दिँदै सहिदलखनको समग्र विकासमा साझा पहल आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

 

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्ण उपस्थित साथीहरू तथा आदरणीय व्यक्तित्वहरूप्रति आयोजकको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।