कोरियामा आयोजना हुने UNDO (United Nepali Diaspora Organization) को एजीएम तथा सम्मेलनमा सहभागी हुन एनआरएनए आईसीसी का पूर्व अध्यक्ष शेष घले र नेतृ जमुना घले ,UNDO का अध्यक्ष श्री सोनाम लामा तथा PNG का प्रतिनिधि तथा UNDO एजीएम–कन्फरेन्स प्रतिनिधि श्री राज बी. शाही को कोरिया आगमन भएको छ।

उहाँहरूलाई कार्यक्रमकी संयोजक लक्ष्मी गुरुङ लगायत आयोजक समिति, UNDO कोरिया तथा प्रवासी नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थितिमा हार्दिक स्वागत गरिएको हो। स्वागत कार्यक्रममा आपसी सद्भाव, संगठनात्मक एकता र प्रवासी नेपालीहरूको भूमिकाबारे सकारात्मक छलफलसमेत गरिएको थियो।

UNDO एजीएम तथा सम्मेलनले प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै संगठन सुदृढीकरण, आगामी कार्ययोजना तथा सहकार्यका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
