‘नेपाल बियन्ड बोर्डर्स २०२५’ भोलि सियोलमा हुँदै, तयारी भव्य
—दक्षिण कोरियामा रहेका नेपाली प्रवासीहरूको ऐतिहासिक जमघट ‘Nepal Beyond Borders 2025 – South Korea–Nepali Global Diaspora Convention’ भोलि अर्थात् डिसेम्बर २१, २०२५ मा सियोलमा आयोजना हुँदैछ। MIT Group Foundation को पहल र United Nepali Diaspora को सहकार्यमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलन Hotel Skypark Kingstown, Dongdaemun, सियोल मा बिहान ८:०० बजेदेखि सुरु हुनेछ।

यस वर्षको सम्मेलनको मुख्य विषयवस्तु
“Innovation, Responsible Investment and Global Collaboration मार्फत नेपालकाे सीमापार विकास सशक्त बनाउने” रहेको छ। सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली परिवर्तनकर्मी, नवप्रवर्तक, उद्यमी, लगानीकर्ता तथा नीति–निर्माताहरू एकै मञ्चमा भेला भएर नेपालको दीर्घकालीन विकासका सम्भावनाहरूबारे गहन छलफल गर्नेछन्।

सम्मेलनमा
• हरित ऊर्जा तथा जलवायु समाधान
• दिगो पर्यटन तथा सांस्कृतिक उद्योग
• स्वास्थ्य नवप्रवर्तन तथा बायोटेक्नोलोजी
• डिजिटल उद्यमशीलता तथा उदीयमान प्रविधि
जस्ता क्षेत्रमा केन्द्रित प्यानल छलफल, नेटवर्किङ सेसन र समाधानमुखी संवादहरू हुनेछन्।
कार्यक्रममा KOICA, कोरियाली मन्त्रालयहरू, Hanyang University, तथा नेपाल सरकारका प्रतिनिधि सहित अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा नेताहरू, लगानीकर्ता र उद्यमीहरूको उल्लेखनीय सहभागिता रहनेछ।
कार्यक्रमको संयोजन युवा व्यवसायी तथा एनआरएनए की प्रभावशाली नेतृ लक्ष्मी गुरुङ ले गरिरहेकी छन्। आयोजक गुरुङका अनुसार सम्मेलनका लागि सम्पूर्ण तयारी भव्य रूपमा सम्पन्न भइसकेको छ र सबै आमन्त्रित अतिथिहरू सियोल आइपुगेका छन्।