कतार राष्ट्रिय दिवसको अवसरमा गैरआवासीय नेपाली समुदायका अगुवा तथा GCD Group of Companies का अध्यक्ष रमेश श्रेष्ठले कतार सरकार, नेतृत्व र सम्पूर्ण कतारवासीप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आज १८ डिसेम्बर मनाइँदै आएको कतार राष्ट्रिय दिवस ऐतिहासिक महत्व बोकेको दिन भएको उल्लेख गर्दै उनले शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि शुभेच्छा प्रकट गरेका हुन्। सन् १८७८ मा कतार राष्ट्रका संस्थापक शेख जासिम बिन मोहम्मद बिन थानीले आधुनिक कतार राज्यको आधारशिला राखेको सम्झनामा यो दिवस मनाइँदै आएको छ।
शुभकामना सन्देशमा उनले महामहिम शेख तमिम बिन हमाद अल थानी (कतारका अमिर),महामहिम शेख हमाद बिन खलिफा अल थानी (फादर अमिर) तथा महामहिम शेख अब्दुल्लाह बिन हमाद अल थानी (डेपुटी अमिर) प्रति विशेष सम्मान र बधाई व्यक्त गरेका छन्।
अध्यक्ष श्रेष्ठले कतारले बुद्धिमान नेतृत्वअन्तर्गत सुरक्षा, स्थायित्व र समृद्धिको नयाँ उचाइ हासिल गरिरहोस् भन्ने कामना गर्दै भविष्यमा पनि यस्ता गौरवपूर्ण राष्ट्रिय दिवसहरू निरन्तर मनाउन पाइयोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
कतारमा कार्यरत नेपाली समुदायको तर्फबाट पनि कतार राष्ट्रप्रति कृतज्ञता प्रकट गर्दै उनले कतार–नेपाली सम्बन्ध अझ मजबुत बन्दै जाने विश्वास व्यक्त गरेका छन्।