आधुनिक विज्ञानको सबैभन्दा विकसित रुपमा रहेको क्वाण्टम एन्टैंगलमेन्टले देखाउँछ कि दुई कण एकार्काबाट टाढा भए पनि ती अविभाज्य रूपमा जोडिएका हुन्छन र एउटामा देखिने परिवर्तनले अर्कोमा तत्काल प्रभाव पार्छ । पूर्वीय दर्शनले पनि सम्पूर्ण ब्रह्माण्डको अन्तर्सम्बद्धता र सबै वस्तुहरूको एकतामा विश्वास गर्दछ । पूर्वीय दर्शनले भन्छ कि “दृष्टा” र “दृश्य” पृथक नभएर एकै चेतनाको दुई पक्ष हुन – जागरण (माया) को कारण नै यो भेद देखिन्छ ।
आधुनिक ब्रह्माण्ड विज्ञानका अनुसार ब्रह्माण्ड क्वाण्टम उतारचढाव “शून्य” बाट उत्पत्ति भएको हुन सक्छ । बौद्ध दर्शनको शून्यता र हिन्दू दर्शनले पनि वास्तविकताको अन्तिम स्वरूप “शून्य” हो र सम्पूर्ण सम्भावनाहरूको भण्डार हो भन्ने कुरा सङ्केत गर्छ ।
२०२२ को नोबेल भौतिकशास्त्र पुरस्कार एलेन एस्पेक्ट, जोन क्लाउजर र एन्टन जीलिंगरलाई क्वाण्टम एन्टैंगलमेन्ट सम्बन्धी प्रयोगहरूको लागि दिइयो । यी वैज्ञानिकहरूको कामले पूर्वीय दर्शनले भन्दै आएको “सबै कुरा एकार्कासँग जोडिएको” भन्ने अवधारणालाई वैज्ञानिक आधार दिएको छ । क्वाण्टम युगले यी दुई विधालाई एउटा साझा मञ्चमा ल्याएको छ, जहाँ विज्ञान र दर्शन एकार्काको पूरक बन्दै गएका छन ।
२०२५ को भौतिकशास्त्रको नोबेल पुरस्कार जोन क्लार्क, माइकल एच. डेभोरे र जोन एम. मार्टिनिसलाई संयुक्त रूपमा “विद्युत् परिपथमा स्थूल क्वाण्टम यान्त्रिक सुरुन्छेदन र उर्जाको क्वाण्टीकरणको आविष्कार” को लागि प्रदान गरियो । यो नोबेल पुरस्कार भौतिक विज्ञान र पूर्वीय दर्शनबीचको अद्भुत सामंजस्यको अर्को ठोस उदाहरण हो । विज्ञानले अब प्रयोग र प्रमाणबाट त्यही सत्यहरू खोज्दैछ, जुन प्राचीन ऋषि-मुनिहरूले अन्तर्दृष्टि र ध्यानबाट महसुस गरेका थिए। क्वाण्टम भौतिकीको प्रगतिसँगै, विज्ञान र दर्शन बीचको यो सेतु अझ मजबूत हुँदै गएको छ ।
त्यसैले, आज मूलत: पाश्चात्य मुलुकहरुमा पूर्वीय दर्शनको महत्व बढ्दो छ, किनकि यसले वैज्ञानिक खोजीको लागि नयाँ दृष्टिकोण र प्रेरणा प्रदान गर्दछ ।
अगस्ट १९८९ मा Lenin Stadium (now called Luzhniki Stadium) मा आयोजित Moscow Music Peace Festival मा भरिएको १ लाखभन्दा बढी दर्शकका बीच विस्व प्रसिद्ध गायक Bon Jovi ले “Hare Ram, Hare Krishna” भजन गाए । बुझ्न सक्ता भजन र विभिन्न आध्यात्मिक गीतहरुको मानसिक र शारीरिक धेरै महत्व छ बैज्ञानिक द्रिस्टिकोणले ।
यसैले होला मेलबर्नदेखि नेपाल पुगेका भेषराज सापकोटाले “सद्धे मनको बैराग्य” भजन तयार गरी सार्बजनिक गरेका छन जसमा बसन्त थापा, सुनिता बुढा क्षेत्री, भेषराज सापकोटा र बीबी अनुरागीका स्वर छन । भजनका शब्द हेमनाथ खरेलले लेखेका हुन् भने संगीत प्रकाश सापकोटाले गरेका छन ।
त्यसैगरी रमेश विश्वकर्मा,जयन्त मगर, गोविन्द अनेक, सुनिता लोहानी र बिन्दु बीसीले सामुहिक स्वर दिएको उक्त भजनको संगीत संयोजन बीबी अनुरागीले गरेका छन । श्यामस्वेत रासाइलीद्धारा मिक्सिङ र मास्टरिङ गरिएको उक्त भजनको रेकर्डिस्टमा गोविन्द अनेक रहेका छन ।
निर्देशन तथा कोरियोग्राफी केशवराज भट्टद्धारा गरिएको उक्त भजनको भिडियोमा मुख्य अभिनयमा स्मारिका ढकाल र सुरेश कोहली रहेका छन । कमल सिंजालीको मिक्सिंग रहेको उक्त भजन प्रिज्म स्टुडियोमा तयार गरिएको हो र सो भिडियोको अडियो र भिडियो तयारीमा सुनिता बुढा क्षेत्रीको भूमिका छ ।
श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज https://www.facebook.com/Ramkshrestha