११ अक्टोबर, मेलबर्नः २०१४ मा १५ वर्षको उमेरमा नै नेपालमा एक रकेट कम्पनी शुरु गर्ने सपना देखेका, तर देशका तर्फबाट कुनै पनि सहयोग र प्रोत्साहन बेगर नेपालमा नै अन्तरिक्ष क्षेत्रमा ठूलो सफलता प्राप्त गर्ने युवा बैज्ञानिक मोहन तामाङ The International Astronautical Federation (IAF) द्धारा आव्हान गरिएको यस्को 2025 Emerging Space Leaders Grant Program मा २९ सेप्तेम्बरदेखि ३ अक्टोबरसम्म सिड्नी कार्यक्रममा सहभागी हुन विस्वभरीबाट २५० भन्दा बढीले आवेदन दिएकोमा ३० जनामा परी सो कार्यक्रममा सहभागिता जनाएर मेलबर्न आएको अबसर पारी एसोसियसन अफ योंग नेपालिज इन्जिनियर्स अस्ट्रेलियाका अध्यक्ष प्रिन्स भन्डारीको पहल र लुम्बिनी-कपिलवस्तु विस्व अभियान र नेपाल साइन्स फाउन्डेशन ट्रस्टको सहयोगमा मेलबर्नस्थित सिक्युयुनिभर्सिटिमा अस्ट्रेलिया, नेपाल, श्रीलंका, बंगलादेशका बिज्ञहरुको उपस्थितिमा आयोजित कार्यक्रमका बीच लुम्बिनी-कपिलवस्तु विस्व अभियानद्धारा सम्मानित भएका छन ।

सम्मान गर्ने क्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेस्ठले अभियानले हालसम्म करीब २ दर्जन रास्ट्रिय अन्तरास्ट्रिय सेलिब्रिटिहरुलाई सांस्कृतिक दूत नियुक्त गरेको र प्रधानमन्त्री, मन्त्री र राजदूतको जिम्मेवारी बहन गरिसकेका ब्यक्तिहरु लगायत अन्य केही ब्यक्तिहरुलाई सम्मान गरेको बताउँदै सम्मान जस्लाई पायो उस्लाई गरिने नभएर या त अभियानको उद्धेस्य प्राप्ती कार्यलाई सहयोग पुर्याउने काम गर्ने या त देशको नाम अन्तरास्ट्रिय क्षेत्रमा पुर्याउन योगदान गर्ने ब्यक्तिहरुलाई मात्रै अभियानले सम्मान गर्ने भएकोले मोहन तामाङले अन्तरिक्ष क्षेत्रमा ठूलो सफलता प्राप्त गरी यो क्षेत्र मार्फत नेपाललाई अन्तरास्ट्रिय क्षेत्रमा चिनाउने काम गरेकाले उन्लाई समान गरिएको बताए ।

आफ्नो प्रस्तुति दिने क्रममा तामाङले Mach24 Orbitals को प्रमुख कार्यकारी अधिकृतको रुपमा उनी अहिले सानो उपग्रह प्रक्षेपण उद्योगमा क्रान्ति ल्याउने उद्धेस्यमा केन्द्रित भएको बताए । यस्को मिशन भनेको हाइब्रिड प्रोपल्सन प्रविधि प्रयोग मार्फत ५०० किलोग्रामसम्मको पेलोडलाई सस्तोमा लो अर्थ अर्बिट (LEO) मा पुग्न उपलब्ध गराउनु हो जसले लिक्विड अक्सिजन र मम (candle wax) प्रयोग गर्नेछ । यो नेपालको पहिलो रकेट स्टार्टअप हो, जसले सानो उपग्रहको बजारमा प्रवेश मार्फत अन्तरिक्षलाई सर्ब सुलभ बनाउने छ ।

म्याक२४ अर्बिटल्सले विश्वको सबैभन्दा ठूलो स्टार्टअप प्रदर्शनी स्टार्टअप महाकुम्भ २०२५ मा सहभागिता जनाएर आफ्नो हाइब्रिड रकेट डेमोन्स्ट्रेटर प्रदर्शन मार्फत नेपालको पहिलो निजी लान्च भेहिकल कम्पनीको रूपमा “Making Space Accessible to All” को दृष्टिकोणले ठूलो ध्यान आकर्षित गर्यो र आफ्ना प्रविधिक उपलब्धिहरू साझा गर्यो । यस्ले २०२९ सम्म नवप्रवर्तन र अन्वेषणलाई प्रोत्साहन दिन अन्तर्राष्ट्रिय सहकार्यहरू बढाउँदै नेपालको पहिलो निजी ओर्बिटल-क्लास रकेट प्रक्षेपण गर्ने महत्त्वाकांक्षी लक्ष्र लिएको छ भने हाइब्रिड इन्जिनको अनुसन्धान र विकासलाई बढावा दिने अभिप्रायले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, अन्तरिक्ष विभागसँग LOA (Letter of Agreement) मा हस्ताक्षर गरिसकेको छ भने नेपालको पहिलो हाइब्रिड रकेट इन्जिन डिजाइन गरेर परिक्षण पनि गरिसकेकोछ ।

उन्को प्रस्तुतिपछिको प्रस्नोत्तर कार्यक्रममा धेरैले आफ्ना जिज्ञासा राखे ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेस्ठ, सिक्युयुनिभर्सिटिका इन्टरनेशनल स्टुडेन्ट एक्स्पेरिएन्स स्टुडेन्ट सक्सेस डिभिजनका उप निर्देशक विल अल्डर्टन, आरएमआइटी विस्वविद्यालयका इन्टरनेशनल एन्ड इनगेजमेन्ट, कलेज अफ बिजिनेस एन्ड लका अकाडेमिक डाइरेक्टर प्रो प्रेम क्षेत्री, बरिस्ठ बैज्ञानिक डा राजु अधिकारी, सिक्युयुनिभर्सिटिका इन्जिनियरियङ प्रोग्रामका प्रमुख डा राज शर्मा, सिनियर लेक्चरर डा कलाम आजाद (बंगलादेश), इभि स्ट्रेन्थेनिङ कम्युनुटिजका अध्यक्ष रनजित गजेन्द्र (श्रीलंका), सिनियर लेक्चरर डा अब्दुल माजिद (बंगलादेश), भार्गो क्यापिटलका सस्थापक प्रमुख कार्यकारी अधिकृत झकेन्द्र शर्मा, सिक्युयुनिभर्सिटिका सिनियर लेक्चरर डा साबित्रा काफ्ले, सोसाइटी अफ नेपाली इन्जिनियर्स भिक्टोरियाका अध्यक्ष हरि पान्डे, एनआरएनए भिक्टोरियाका संयोजक महादेब धनुक, ग्रेस इन्टरनेशनलका निर्देशक दीपक आचार्य आदिको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थितहरुको लागि खानपानको लागि ग्रेस इन्टरनेशनलले ब्यबस्था गरेको थियो ।




