कुपा, धादिङ — विजय दशमी, तिहार, छठ र ल्होछारको पावन अवसरमा कुपा युवा समाज द्वारा आयोजित पाँचौं १० किलोमिटर म्याराथन दौड तथा ७A साइड फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल र फाइनल खेलहरू भोलि, असोज २१ गते (पूर्णिमा) सम्पन्न हुने भएका छन्।

म्याराथनतर्फ:
• प्रथम पुरस्कार: रु २३,००० + मेडल
• द्वितीय पुरस्कार: रु ११,५००
• तृतीय र चतुर्थ स्थान: रु ५,००० (प्रत्येक)

फुटबलतर्फ:
• प्रथम पुरस्कार: रु १,००,१००
• द्वितीय पुरस्कार: रु ५०,१००
• सेमिफाइनलिस्ट (तृतीय/चतुर्थ): रु १५,००० (प्रत्येक)
आज सम्पन्न क्वार्टर फाइनल खेलको नतिजा:*

• कुपा युवा समाज ले समाजसेवी युवा क्लब सँगको कडा प्रतिस्पर्धा पेनाल्टी शुटआउटमा २ को विरुद्ध ४ गोल गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।
• फुलमाया युवा क्लब, धुवाकोट ले अजिङ्गरे युवा क्लब, नुवाकोट लाई ० को विरुद्ध २ गोल गर्दै सेमिफाइनल यात्रा तय गर्यो।
• जन आवाज युवा क्लब, माने ले दाजुभाइ युवा क्लब, सिम्ले लाई ० को विरुद्ध ४ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।
• घोर्मु युवा क्लब ले काउले युवा क्लब लाई ० को विरुद्ध ४ गोल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
*सेमिफाइनल खेलहरू भोलि हुनेछन्:

1. कुपा युवा समाज vs जन आवाज युवा क्लब, माने

2. फुलमाया युवा क्लब, धुवाकोट vs *घोर्मु युवा क्लब, नेत्रावति डब्जोग धादिङ

*संवाददाता: अरुन जि राम हाल मकाउ
