प्रेस विज्ञप्ति
NRNA UK सदस्यता अभियान अन्तिम चरणमा — बेलायतभरिका नेपालीहरूको प्रतिनिधित्वका लागि निर्णायक क्षण
लन्डन, २५ जून २०२५
गैरआवासीय नेपाली संघ (NRNA UK) को २०२५-२०२७ को सदस्यता अभियान आज राति १२ बजे समाप्त हुँदैछ। हालसम्म, २,५०० भन्दा बढी सदस्यहरूले सदस्यता नवीकरण वा नवदर्ता गरिसकेका छन्, जुन यस वर्षको अभियानको उत्साहजनक सहभागिताको प्रमाण हो।
यो मात्र संख्याको विषय होइन —
यो अभियान गैरआवासीय नेपालीहरूको साझा पहिचान, संस्थागत उत्तरदायित्व, र आगामी पुस्ताको सहभागिताको संकेतस्वरूप लिइएको छ।
“सदस्यता लिनु केवल प्राविधिक प्रक्रिया होइन, यो संस्थाको नीति, नेतृत्व र पहिचानप्रतिको सरोकार हो। सदस्य बन्नु नै संस्थागत निर्णय प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्नु हो। यस निर्णायक घडीमा सबै नेपालीहरूलाई सहभागी भइदिन NRNA UK का उपाध्यक्ष तथा सदस्यता अभियान संयोजक मनीष खत्री अपील गर्दछ।”
संघका अध्यक्ष हितकाजी गुरुङले भने:
“२,५०० सदस्यता प्राप्त हुनु एउटा उत्साहजनक संकेत हो। तर यस अभियानको मूल प्रेरणा भनेको समर्पित कार्यकर्ताहरू, क्षेत्रीय समन्वयकर्ता र स्वयंसेवकहरू हुन्, जसको अथक योगदानबिना यो उपलब्धि सम्भव हुने थिएन। संस्थालाई सशक्त, समावेशी र उत्तरदायी बनाउने कार्यमा तपाईंहरूको योगदान अत्यन्त सराहनीय छ।”
सदस्यता लिन आवश्यक प्रक्रिया (SMART NRNA App बाट):
Driving license अपलोड गर्दा छुट्टै address proof आवश्यक पर्दैन।
Passport वा अन्य ID अपलोड गर्दा, साथमा bank statement वा utility bill पनि अपलोड गर्नुहोस्।
Selfie अपलोड नहुँदा, मोबाइलको camera permission enable गर्नुहोस्।
सदस्यता शुल्क: £10
– Payee Name: Non-Resident Nepali
– Reference: आफ्नो पूरा नाम
– Account Type: Business
– Payment screenshot पनि अपलोड गर्नुपर्नेछ।
📩 Verification code तपाईंको इमेलमा आउनेछ — यदि inbox मा नआएमा junk/spam folder पनि जाँच गर्नुहोस्।
🎥 सहायता भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:
👉 https://m.youtube.com/watch?v=iCGteKvRVgg
SMART NRNA App डाउनलोड गर्न लिंकहरू:
📱 iOS: https://apps.apple.com/us/app/smart-nrna/id1544254635
📱 Android: https://play.google.com/store/apps/details?id=com.respect.nrna&hl=en
सदस्यता लिने अन्तिम मिति:
२५ जुन २०२५, राति १२:०० बजेसम्म मात्र।
तपाईंको सक्रिय सहभागिता नै संस्थाको दीर्घकालीन सुदृढीकरणको आधार हो।
थप जानकारीका लागि सम्पर्क:
गोविन्द खरेल – 📞 +44 7462 140962
मनीष खत्री
उपाध्यक्ष, NRNA UK
सदस्यता अभियान संयोजक
📞 07479 383866
🎉 रमाइलो तथ्य!
एनआरएनए यूकेका सबै सदस्यहरूमा सबैभन्दा जेठो सदस्य स्कटल्याण्डबाट हुनुहुन्छ।
बीर बहादुर महार्जन बाजे! 🙏
हाल ९९ वर्ष पुग्नुभएको छ र आउँदो अगस्टमा १०० वर्ष पूरा गर्दै हुनुहुन्छ! 🎂🇳🇵
हजुरहरूले पनि सदस्यता लिनुभयो !
“NRNA मा पनि बाजेले शतक पुग्न लाग्नुभयो!” 👏