२१ जुन, विन्डेमभेल्, मेलबर्न: वैरबी बिजिनेस एन्ड टुरिज्म एसोसिएसन (WBTA) र द अष्ट्रेलियान काउन्सिल फर मल्टिकल्चराल इन्टरप्रेनरस (ACME) को संयुक्त आयोजना तथा नेपालको धौलागिरी एड्भेन्चर सह–साझेदारको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यवसायिक फोरम तथा पत्रिका विमोचन २०२५ मेलबर्नस्थित विन्डम सिटी काउन्सिलको स्पार्क इनोभेसन हबमा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य उद्धेस्य नेपाल–अष्ट्रेलिया बीच कुटनीतिक्, आध्यात्मिक एबं सांस्कृतिक, व्यापार, पर्यटन र उद्यमशिलतामा आधारित द्विपक्षीय सम्बन्ध सुदृणिकरण कार्यमा सहजिकरण गर्नु हो । कार्यक्रमको मुख्य आकर्षण उक्त उद्धेस्य प्राप्तीमा केन्द्रित भएर तयार पारिएको त्रैमासिक पत्रिका “हिमालदेखि सागरसम्म” को औपचारिक विमोचन थियो । यस्मा युवाहरुको उद्यमशिलता र साझा सफलताका प्रेरणादायी कथाहरू समेत समेटिएका छन ।
मन्तव्य दिने क्रममा वाल्टर एस विलागोन्जालोले यस्ता अन्तर्राष्ट्रिय फोरममा विभिन्न मुलुकका व्यवसायी बीचको संवादले व्यापारिक साझेदारी विस्तार गर्न र राष्ट्रिय तथा सांस्कृतिक सम्बन्धलाई गहिरो बनाउन मद्धत पुर्याउने बताए ।
धौलागिरी एड्भेन्चर प्रालि र मौलिका फिल्म्स प्रालि नेपालको सहकार्यमा डिएन घिसिङको नेतृत्वमा आयोजित सम्मान कार्यक्रममा वाल्टर एस विलागोन्जालो, डेबोरा डिकिन्सन, राजेन्द्र महर्जन सम्मानित भए ।
पूर्व मेयर तथा काउन्सिलर जेनी बारेराले बहुसांस्कृतिक संगम र अभियन्ताको उपस्थितिले विविधतामा एकताको सन्देश दिएको बताए । मेलबर्न गुठीका प्रतिनिधित बीना महर्जनले अष्ट्रेलियामा नेपाली पहिचान र सांस्कृतिक मूल्यको प्रवर्द्धनका बारेमा आफ्ना विचार व्यक्त गरिन ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, द ग्रेट स्तुपा अफ युनिवर्सल कम्प्यासनका अध्यक्ष एबं निर्देशक इयान ग्रीन, कन्सल्टयान्ट जिम गृस्बर्ट र रिनु मोक्तानले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल र अष्ट्रेलियाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थितिले भविष्यका लागि सशक्त अन्तर्राष्ट्रिय साझेदारीको आधार तयार गरेको देखिएकोले र कार्यक्रममा डिएन घिसिङले विन्डेम सिटीमा नै आयोजना गर्ने गरी वेरबी एसियन फेस्टिभलको घोषणा गरे ।
“यो फेस्टिभल केवल अर्को कार्यक्रम मात्रै नभएर यो एक आन्दोलन हुनेछ” भन्दै घिसिङले “हिमालदेखि सागरसम्म” लाई नियमित गर्ने समेत जनाए ।
कार्यक्रम संचालिका डेबोरा डिकिन्सनले धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सहकार्यको अपेक्षा राखिन ।
काउन्सिलर जेसमिनले कार्यक्रमलाई विन्डम शहरको जीवन्त बहुसांस्कृतिक सभ्यताको प्रतिकको रूपमा चित्रण गर्दै सहभागी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरिन ।