१९ जुन, वार्नाम्बूल: मेलबर्नबाट करीब २५० किमिम तथा ३ घन्टाको ड्राइभिङ दूरीमा रहेको वार्नाम्बूलमा नेपालीहरुको संख्या बढ्दो रुपमा रहेको कारण त्यहाँ आयोजना गरिने गरेका नेपाली कार्यक्रमहरुलाई सहज र आधिकारिक रुप दिने अभिप्रायले नेपालीहरुको संस्था ‘वार्नाम्बूल नेपालिज कम्युनिटी’ लाई दीपेश बास्कोटाको अध्यक्षतामा संस्थागत गरिएको छ ।

संस्थाका उपाध्यक्षको रुपमा गत बर्ष लुम्बिनी-कपिलवस्तु विस्व अभियान १५ औं बर्षमा चलिराखेको अबसरमा अभियानद्धारा ५ पटक अष्ट्रेलियन न्यासनल जुडो टाइटल होल्डर मोहन बम (भिडियो समाचारको अन्तमा ), सचिबमा सबिन पौडेल्, कोषाध्यक्षमा देबी भट्ट र सदस्यहरुमा सीता खड्का बस्नेत, गंगा अर्याल्, सुजन पान्डे, आकाश केसी र सशांक सिग्देल रहेका छन ।

संस्थालाई संस्थागत गरिनु अगावै वार्नाम्बूलामा नयाँ बर्ष, फागु पूर्णिमा, देउसी भैलो जस्ता कार्यक्रमहरु गरिएका थिए । ‘पूर्ण बहादुरको सारंगी’ फिल्म प्रदर्शन गरिंदा ५३ जना र ‘उन्को स्वीटर्’ फिल्म प्रदर्शन गरिंदा ५७ जनाको सहभागिता थियो ।

लुम्बिनि-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको वार्नाम्बूल भ्रमणका क्रममा Tilly Divine Kitchen and Bar र Wheatsheaf Hotel Terang मा गरिएको भेटघाटको क्रममा यसरी सशक्त रुपमा कार्यक्रम गरिने अवस्थामा पुगिसकेको नेपाली समुदायलाई संस्थागत गरिंदा हुने फायदाहरुको उल्लेख गर्दै संस्थागत गर्न सुझाब दिएका थिए ।
