कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा परिचित वेलायतको संसदलाई नै नेपालमय बनाउने काम नि:सन्देह प्रसंशनिय र गौरवानुभूतिपूर्ण हुन्छ । बिज्ञानको बिद्यार्थी र नेपालकी पहिलो महिला रामचरितमानस कथा वाचिकाका रुपमा चिनिने सानो उमेरमा नै पश्चिमी सभ्यताको केन्द्र लन्डनमा बसी बिभिन्न यूरोपेली देशका सर्बसाधारणका बीच अन्तर्राष्ट्रिय राम कथा वाचिकाको रुपमा सनातनको बिगुल फुकेर मात्रै नभएर धेरै देशको संसदमा नै आफ्नो यही अभियान मार्फत नेपाल चिनाउने महान कार्य समेत गरिराखेकी चन्द्रकला सखीले गत दिपावलीको सुभ अबसर पारेर वेलायती संसदलाई नेपालीमय बनाइन ।
देवभूमि, तपोभूमि, ज्ञानभूमि, सत्यभूमि, शान्तिभूमि, कर्मभूमि, मोक्षभूमिकी नेपाली चेली यिन्ले वेलायत बसेर खेलेको आध्यात्मिक भूमिका यूरोपमा बस्ने थुप्रै युवाहरुका लागि प्रेरणाका श्रोत बनेको छ र नेपाली बोल्न नसक्ने कतिपय नेपाली युवा उन्कै कारण नेपाली बोल्न शुरु गर्नेको संख्या पनि धेरै पाईन्छ ।
चन्द्रकला सखीको तेनृत्वमा Backbench Business Committee को अध्यक्षता गरिराखेका सांसद Bob Blackman को बिशेष सहयोग र नेपाली ढाका टोपी सहितको उपस्थितिमा २०२४ को दिपावलीको अवसर पारेर वेलायती संसदमा Himalayan Siddha Mahayog, UK द्धारा आयोजित कार्यक्रममा दिपावली मनाउने क्रममा नेपालको राष्ट्रिय गान गुन्जाउँदै नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने ऐतिहासिक कार्य भयो ।
कार्यक्रममा Forensic Practitioner & MPHA Deputy Chairperson Varsha Mistry, काउन्सिलर Uma Fernandes, र Spelthorne का मेयर Med Buck को उपस्थिति थियो ।
सखीले कार्यक्रममा नेपाललाई वुद्ध, सगरमाथा, सीता र योगीहरुको देशको रुपमा चिनाइन । कार्यक्रमभरी नै वेलायती संसद पुरै नेपालमय बनेको थियो । कार्यक्रमको भिडियो यो लिंकमा उपलब्ध छ:
राष्ट्रियता भूगोलभित्रमा हुने सीमितताभन्दा बढी भावना र कर्मले प्रमाणित गर्छ । देशभित्र बसेर अनाबस्यक फोस्रा चर्का चर्का कुरा गर्नुले मात्रै राष्ट्रियता झल्काउँदैन भन्ने कुरा प्रमाणित भैसकेको छ – बिशेषत: नेपालको सन्दर्भमा ।
बिदेशमा बसेर नेपालको पहिचानमा अबिछिन्न लाग्ने यति सानै उमेरका चेलीप्रति हार्दिक नमन: ।
श्रोत : लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार सामाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज @Ramkshrestha