
१४ जुन, ट्रुगानिना, मेलबर्न: मेलबर्न नेप्लिज कम्युनिटी वेष्टको साधारण सभाले बिक्रम शर्माको अध्यक्षतामा तेश्रो कार्य समिति चयन गरेको छ । कार्य समितिमा प्रकाश तिमिल्सिना बरिष्ठ उपाध्यक्ष, पुस्कर पान्डे उपाध्यक्ष, बिबेक लुइंटेल सचिब, दीपा आचार्य कोषाध्यक्ष छन भने सदस्यहरुमा दीपेन्द्र खड्का, कुमार तामाङ्, राजेश जैसवाल, तिलक सापाकोटा, अनिल केसी र जीवन बिस्ट रहेका छन ।

साधारण सभा मार्फत संस्थाको संविधान परिमार्जन गरिएको छ ।
कार्यक्रममा कोषाध्यक्ष तिलक सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सह-सचिव प्रकाश तिमिल्सिनाले गत वर्षभरिका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रमको सञ्चालन गरेका थिए ।
नयाँ कार्य समितिको पहिलो बैठकले प्रकृया पुरा गरी २१ जनाको कार्य समिति बनाउने जिम्मा साधारण सभाले नयाँ कार्य समितिलाई दिएको छ ।
बिशेष गरी निबर्तमान अध्यक्ष मनिषा अर्यालको कार्यकालमा संस्थाले धेरै अस्ट्रेलियन नेताहरुको समेत सहभागितामा नेपालीहरुको उल्लेखनिय उपस्थितिका साथ उत्साहबर्धक कार्यक्रमहरु गरेर उल्लेखनिय आर्थिक सन्चय समेत गरी नयाँ कार्य समितिलाई हस्तान्तरण गर्दैछ ।
यो त्यही संस्था हो जस्ले आयोजना गरेको फागु पूर्णिमामा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष शेष घले, अस्ट्रेलियाको संघिय सांसद उम्मेदवार मिरा डि सिल्भा, विन्डेमभेल काउन्सिलकी मेयर मिया शा तथा कार्यक्रममा उपस्थित अन्य अतिथिहरु नेपाली गीतमा छमछमी नाचेका थिए । (नाचको भिडियो अन्तमा छ)
साधारण सभामा निर्बाचन प्रयोजनका लागि लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ र अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष डा तिलक पोखरेलको निर्बाचन समिति बनेको थियो र सोही समितिले आबस्यक प्रकृया पुरा गरी नयाँ कार्य समितिको घोषणा गरेको थियो ।
Update: 13th August, 2025
मेलबर्न नेप्लिज कम्युनिटी वेष्टको साधारण सभाले बिक्रम शर्माको अध्यक्षतामा तेश्रो कार्य समिति चयन गरेको छ । कार्य समितिमा प्रकाश तिमिल्सिना बरिष्ठ उपाध्यक्ष, पुस्कर पान्डे उपाध्यक्ष, बिबेक लुइंटेल सचिब, दीपा आचार्य कोषाध्यक्ष, राजिभ अर्याल सह्-कोषाध्यक्ष छन भने सदस्यहरुमा दीपेन्द्र खड्का, कुमार तामाङ्, राजेश जैसवाल, तिलक सापाकोटा, अनिल केसी, जीवन बिस्ट, बिजया रेग्मी, कमला भट्टराई, कुलचन्द्र पन्थी , आर्य प्रताप केसी, सुदर्शन लामिछाने, मुना खनाल, सुरेन्द्र उप्रेती, आशिश दहाल, जगता थापा, कुमार महर्जन, ज्योती कार्की, ज्ञानेन्द्र बोहोरा र केशव पान्डे रहेका छन ।
संस्थाको सल्लाहकारहरुमा रामकुमार श्रेष्ठ, डा तिलक पोखरेल, रोशनी श्रेष्ठ, डा किशोर बैद्य, मनिषा अर्याल र शंकर थापा रहेका छन ।