भक्तपुर, वैशाख २०: वैशाख २० गते साँझ ६:३० देखि करिब ९:४५ बजेसम्म भक्तपुरमा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको एकल सांगीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । ५ दशकभन्दा बढि समयदेखि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो अतुलनिय योगदान दिदै आएका गायक श्रेष्ठले पहिलो पटक सांस्कृतिक एवं ऐतिहासिक जिल्ला भक्तपुरमा आफ्नो कालजयी आवाजले गुन्जायमान गरे ।
भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको सो कार्यक्रमलाई सूर्यविनायक नगरपालिकाले समन्वय गरेको हो । सो समारोहमा गायक श्रेष्ठले निरन्तर रुपमा करीब दुइ दर्जन गीत गाएका थिए । भक्तपुरमा आफ्नो सांगीतिक कार्यक्रम भएकाले उनले नेपाल भाषाको आफ्नो गीत ‘चुलबुल चन्चला’ भने गाउन बिर्सेनन ।
वरिष्ठ गायक दीप श्रेष्ठले कार्यक्रमको दौरानमा भने, “धेरै बर्ष धेरै खुशी लाग्यो।”
वरिष्ठ गायक श्रेष्ठको यो उमेरमा लाइभ म्युजिकल प्रस्तुति आफैमा एउटा अद्भुत उदाहरण बन्नु स्वाभाविकै थियो ।
कार्यक्रममा वरिष्ठ गीतकारद्ध य राजेन्द्र थापा र सुवास चन्द्र ढुंगेल, वरिष्ठ संगीतकार दीपक जंगम, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिम्सिना भट्टराई लगायतका व्यक्तित्वहरुको समेत उपस्थिति थियो ।
भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्य र भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले यो कार्यक्रमको सफलताले भक्तपुर यो किसिमको सांगीतिक कार्यक्रम गर्न सक्षम छ भनी प्रमाणिता गरेको बताए ।
गायक श्रेष्ठले आफ्नो जीवनका लोकप्रिय गीतहरु म पत्थरको देवता होइन, कति कमजोर रहेछ भाग्य, म त दूरदेखि आएँ, बितेका कुराले, झिरमा उनिनु लगायतका गीतहरु प्रत्यक्ष प्रस्तुत गरी दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।