लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले “अपांगहरुसँग आत्मीयता” कार्यक्रम अन्तर्गत तीनजना व्यक्तिलाई ह्विलचियर वितरण


लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले “अपांगहरुसँग आत्मीयता” कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लाका फरक क्षमता भएका तीनजना व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को वडासभा हलमा गत सोमबार आयोजित कार्यक्रममा क्लबका अध्यक्ष लायन सुमन खरेल शर्माको अध्यक्षता तथा ४ नम्बर वडाका वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा ह्विलचेयर बितरण गरिएको थियो।

क्लबले हेटौंडा उपमहानगरपालिका वडा नं.१३ कि पातली माया मोक्तान,फिरफिरे गाउँपालिका वडा नं. ६ का श्रीकान्त राज थिके , फिरफिरे गाउँपालिका वडा नं. ३ का योगान्त वाईवालाई ह्विलचेयर प्रदान गरेको हो।

कार्यक्रममा डिस्ट्रीक क्लस्टर चिफ लायन अनिता थापा बिष्ट,डिजी कार्यक्रम अध्यक्ष लायन कमला गुरुङ प्रधान, कोषाध्यक्ष लायन भानु थापा, जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ती मगर,मिडिया प्रतिनिधीहरू लगायत अन्य पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

लायन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशकी सचीव लायन संगीता ढकालबाट १ थान र टेम्पल गणेश क्लबबाट २ थान गरी जम्मा ३ थान ह्विलचेयर प्रदान गरिएको हो।

ह्विलचेयर बितरण कार्यक्रम जेसिआई हेटौंडा लेडीकी पूर्व अध्यक्ष दिलु घर्ती मगरको पहलमा सम्पन्न भएको हो। प्रमुख अतिथि वडा अध्यक्ष नविन सिग्देलले लायन्स क्लबले जिम्मेवारीपूर्वक नेतृत्व वहन गर्दै समाजसेवामा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै लाभग्राहीहरुले क्लबले प्रदान गरेको सामानको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो।

क्लबका अनुसार फरक क्षमता भएका व्यक्तिहरुको सहज आवागमनमा सहयोग पुर्याउने उद्देश्यले ३ थान ह्विलचेयर प्रदान गरिएको हो ।