रामकुमार श्रेष्ठ
गत पाँच महिनादेखि कुची लिएर आफ्नो सिर्जनामा रङ भर्न व्यस्त हिमानी शाहले आइतबार आफूले सिर्जना गरेका दुई पेन्टिङ १२ लाख ६० हजार रुपैयाँमा बिक्री गरेकी छन ।
हिमानी ट्रस्टले आइतबार नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा उनका दुई पेन्टिङ ‘आशाका किरण’ र ‘मुजुर’ १२ लाख ६० हजार रुपैयाँमा बिक्री भएको हो ।
५० हजार रुपैयाँ मूल्य तोकिएको ‘मुजुर’को पेन्टिङ ८ लाख रुपैयाँमा र ८० हजार रुपैयाँ मूल्य तोकिएको ‘आशाका किरण’ शीर्षकको पेन्टिङ ४ लाख ६० हजार रुपैयाँमा बिक्री भएको हो ।
नेपाली कला क्षेत्रमा संभबत सबैभन्दा महंगोमा बिक्री भएको कला हो यो र नेपालामा कला क्षेत्रमा गरिएको ठूलो सम्मानको रुपमा लिन सकिन्छ यस्लाई ।
कुनै बेला ललितपुर जिल्लामा नै भएर पनि अति बिकट ठाउँको रुपमा रहेको ललितपुरको ग्रामिण भेक शंखुको वर्षा पानी संकलन परियोजनामा आधारित स्मार्ट भिलेज परियोजना अन्तर्गत ३०० भन्दा बढी विद्यार्थी र २०० गाउँलेहरूलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने योजना छ हिमानी शाहको । योजनानुरुप यस गाउँमा पानी अभावको दीर्घकालिन समाधानका रूपमा घरघरमै वर्षा पानी संकलन ट्यांकी जडान गरिने लक्ष छ ।
वर्षा पानी संकलनले परम्परागत पानी स्रोतमाथिको निर्भरता घटाउनुका साथै वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्दछ । यसले वातावरण संरक्षण, जैविक विविधताको रक्षा, तथा दीगो जल स्रोतको प्रवर्धनमा टेवा पुर्याउनेछ ।
हिमानी ट्रष्टले यसअघि पनि शंखु नजिकैको दलचोकी गाउँमा शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएकोमा अब शंखु गाउँमा यो नयाँ परियोजनामार्फत पानीको समस्याको दीर्घकालीन समाधान ल्याउने लक्ष लिएको छ ।
युवा उद्यमशिलताको प्रवर्धन गर्ने लक्ष अनुरुप यस परियोजनाको लागि शुरुमा नेपाली युवाहरुलाई आफ्नो व्यवसाय प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो हिमानी ट्रष्टको नवप्रवर्तन, उद्यमशिलता र दिगो आर्थिक विकासलाई प्राथमिकतामा राख्ने नीति अनुरुप । यस्ले युवाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै राष्ट्रिय आर्थिक अभिवृद्धिमा योगदान पुर्याउँछ भन्ने हिमानी ट्रष्टको विस्वास छ ।
यसरी आफ्नो नीजि कला मार्फत हिमानी शाहद्धारा जुन किसिमले ग्रामिण विकासमा योगदान पुर्याउने काम गरिएको छ यो उदाहरणिय हो र यस्लाई राजनीतिभन्दा माथी उठेर प्रसंशा गर्न कन्जुस्याइं गरिनु हुन्न ।
श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको फेसबुक पेज @Ramkshrestha