स्कटनेपाल , बर्मिङ्घम, बेलायत | १४ अप्रिल २०२५
शान्ति नेपाली समाज बेलायतले नेपाली नयाँ वर्ष २०८२ को शुभ अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। बर्मिङ्घमस्थित एक भब्य स्थानमा सम्पन्न उक्त कार्यक्रममा करिब ६०० नेपाली र स्थानीय बेलायती अतिथिहरू उपस्थित रहेका थिए।
कार्यक्रमको मुख्य अतिथि बेलायतमा नेपाली राजदूत महामहिम श्री चन्द्रकुमार घिमिरे रहेका थिए भने विशेष अतिथिको रूपमा स्यान्डवेल मेट्रोपोलिटन बरो काउन्सिलका मेयर सईदा खातुन एमबिईले सहभागिता जनाउनुभएको थियो। संस्थाका महासचिव श्री राजेश मणि लामिछानेले कार्यक्रमको संचालन गर्नुभयो।
### **अतिथिहरूको मन्तव्य**
महामहिम राजदूत श्री घिमिरेले बेलायतमा बसोबास गर्ने नेपाली समुदायका समस्यामा सरकारले सधैं ध्यान दिने बताउँदै आफू अभिभावकको रूपमा सहयोग गर्न तयार रहने बताउनुभयो। उहाँले शान्ति नेपाली समाजले गरेका सामाजिक सांस्कृतिक पहलकदमीहरूलाई सराहना गर्नुभयो।
विशेष अतिथि मेयर सईदा खातुनले नेपाली समाजले बेलायतमा नेपाली भाषा, संस्कृति र कलालाई संरक्षण गर्ने गरेको प्रशंसा गर्दै संस्थाले स्थानीय च्यारिटीहरूलाई गरेको सहयोगमा आभार व्यक्त गर्नुभयो।
### **सांस्कृतिक प्रस्तुति र समाजको प्रतिबद्धता**
कार्यक्रममा नेपाली बालबालिका र स्थानीय कलाकारहरूले नाचगानको मनोहर प्रस्तुति दिए। विशेष गरी नेपालकी प्रख्यात लोक गायिका शर्मीला बिसीले आफ्नो मधुर स्वरले कार्यक्रमलाई चार चाँद लगाउनुभयो।
संस्थाका अध्यक्ष श्री रामप्रसाद न्यौपानेले “जहाँ समस्या, त्यहाँ समाज” र “घरघरमा शान्ति नेपाली समाज” को आदर्श अन्तर्गत संस्थाले नेपाली समुदायलाई एकताबद्ध गर्ने प्रयास गरिरहेको बताउनुभयो। उहाँले यसको सुरुवात नयाँ वर्षको क्यालेन्डर प्रकाशनबाट गरिएको जानकारी दिनुभयो।
### **अन्य उल्लेख्य व्यक्तिहरू**
कार्यक्रममा एनआरएनए अभियन्ता श्री दयानिधि सापकोटा, साझा नेपाली समाजका महासचिव श्री सशांक शर्मा, यार्डली सोलीहुल नेपाली समाजका अध्यक्ष श्री गोकर्ण हुमागाईँ, संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष श्री प्रविन खराल लगायतले आ-आफ्ना विचार राख्दै शुभकामना व्यक्त गर्नुभयो।
### **कार्यक्रम संयोजन**
संस्थाका सदस्य श्री प्रल्लाद कँडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रविधि व्यवस्थापनमा प्रशान्त अर्याल, लक्ष्मण ढकाल, सागर अधिकारी, स्टेज व्यवस्थापनमा सचिव श्री लेखनाथ घिमिरे, प्रवक्ता श्री डिआर पराजुली, श्रीमती गीता लम्साल तथा प्रमुख सांस्कृतिक संयोजक श्रीमती सीता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
संस्थाका उपाध्यक्ष श्री पदम शाहीले स्वागत भाषण राख्नुभयो भने उपाध्यक्ष निशेन्तमान बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभयो।
यसरी, शान्ति नेपाली समाज बेलायतको आयोजनामा नेपाली नयाँ वर्ष २०८२ को उत्साहपूर्ण मनाइएको थियो।
**– न्यूज डेस्क, शान्ति नेपाली समाज बेलायत (२०२४-२०२६)**