युवराज रेग्मी
फाल्गुन २७ , झापा
यहि चैत्र ५ गते आसन्न हुने त्रिभुवन विश्व बिद्यालय अन्तरगतको स्वबियु निर्बाचनमा झापाको गौरादहमा अबस्थित गौरादह बहुमुखी क्याम्पसमा तीन बिद्यार्थी संगठन विरुद्ध नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघ (नेबिसंघ)ले एकल प्यानल उम्मेद्बारी दिएको छ ।
निर्बाचन समितिका संयोजक महेन्द्र प्रसाद घिमिरेका अनुसार अनेरास्ववियु , राप्रबि संघ र अखिल क्रान्तिकारीले गठबन्धन स्वरुपको उम्मेद्बारी दिएको जनाए । त्यसैगरी नेबिसंघले सम्पुर्ण पदकालागी उम्मेद्बारी दिदै आफ्नो प्यानलै दर्ता गराएको घिमिरेले जानकारी दिए ।
आसन्न चुनाबी प्रतिस्पर्धाका लागि मनोनयन दर्ता पश्चात् अब नेबिसंघले तीन विद्यार्थी संगठन बिरुद्द एकल भिडन्त गर्ने पक्कापक्की भएको छ ।
आफू विरुद्ध तीन संगठनहरु चुनाबी मैदानमा उत्रिए पनि नेविसंघले आफ्नो संगठनात्मक बलका आधारमा अध्यक्ष पदमा मदन प्रसाद सिटौलाको नेतृत्वमा एकल उम्मेदवारी प्रस्तुत गर्दै जितको दाबी गरेको नेविसंघका संयोजक रोशन निरौला जनाए ।
क्याम्पसको स्ववियु नेतृत्व जित्नका लागि आफ्नो तयारी पूरा भएको साथै विद्यार्थीहरूको बलियो समर्थन रहेकोले आफुहरुले एकल प्यानल दर्ता गराएको निरौलाले बताए ।
उनले भने, “हामीले विद्यार्थीको हक र अधिकारका लागि काम गर्नेछौं। हाम्रो जित सुनिश्चित छ।”
हाल क्याम्पसमा नेविसंघको एकल उपस्थितिले चुनावी माहोल तातेको छ। संगठनको बलियो संरचना र विद्यार्थीमा लोकप्रियताको कारण नेविसंघले अग्रता लिने विश्वास लिएको छ। साथै नेविसंघका नेताहरूले स्ववियु नेतृत्व सम्हालेपछि विद्यार्थीका सुविधामा सुधार ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नेबि संघको एकल प्रतिस्पर्धा विरुद्ध तीन संगठनको प्रतिनिधित्व गर्दै अनेरास्ववियुका तुलसी राम पौडेल अध्यक्ष पदका प्रत्यासी रहेकाछ्न ।साथै अखिल क्रान्तिकारिले कोषाध्यक्ष पद तथा राप्रबि संघले सचीव र एक सदस्य पदमा मनोनयन दर्ता गराएकाछ्न ।