स्कटनेपाल युके,
हिमाल पग्लिरहेका छन्, बाढीपहिरोको प्रकोप बढिरहेको छ, समुद्र सतह उक्लँदै गर्दा टापुहरू डुब्ने खतरामा छन्। एसिया र प्रशान्त क्षेत्र जलवायु संकटको चपेटामा छ। यो केवल समाचारको हेडलाइन होइन, हाम्रो वर्तमान र भविष्य दुवै हो।
यही संकटलाई केन्द्रमा राख्दै, एसिया-प्रशान्त क्षेत्रका १२ देशका नीति निर्माण तहमा रहेका ३० वर्षभन्दा मुनिका १५ युवा नेताहरू छलफलका लागि भेला भएका थियौं। सेप्टेम्बर २०२४ देखि हामीले महिनामा दुई पटक निरन्तर भर्चुवल संवाद गर्दै आएका छौं, र आज भौतीकरूपमा गरिएको छलफलले हाम्रो प्रतिबद्धतालाई अझ गहिरो र ओझिलो बनायो।
हामीले आ-आफ्ना देशका जलवायु संकटका अनुभवहरू बाँड्यौं, न्यूनीकरणका प्रयासहरू सुन्यौं-सुनायौं, नवीन समाधानहरू खोज्यौं, र एक-अर्काबाट प्रेरणा लियौं।
नेपाल सरकारले अझै जलवायु संकटलाई पूर्ण रूपमा बुझिसकेको छैन। नीतिका पानामा जलवायु संकट न्यूनीकरण र वातावरणमैत्री नीति लेखिए पनि व्यवहारमा यो मुद्दाले अझै स्थान पाएको छैन। समाजले त झन् बुझ्न सकेको छैन।
बाढीले बस्ती बगाउनु, हिमालमा हिउँ हराउनु, कृषिमा उत्पादन घट्नु—यी केवल प्राकृतिक घटना होइनन्, यो जलवायु परिवर्तनको स्पष्ट सङ्केत हो। अबको पुस्ताले यस चुनौतीलाई बेवास्ता गर्न सक्दैनौं। हाम्रा पुस्ताका लागि यो केवल बहसको विषय होइन, अस्तित्वको प्रश्न हो। अब एक्लाएक्लै होइन, सँगै मिलेर समाधान खोज्नुपर्छ।
यो फोरमले हामीलाई सिक्ने, बुझ्ने, योजना बनाउने, र ठोस कदम चाल्ने अवसर दिएको छ। समन्वय र सहकार्यले मात्र परिवर्तन सम्भव छ।
हामी अघि बढ्नेछौं, किनकि यो यात्रा हाम्रै भविष्यको हो! – SOBITA GAUTAM – FACEBOOK