आशिर्वाद क्लव अफ नेपालले आशिर्वाद साहित्यिक साँझ गर्दै

पोखरा वडा नं १३ का युवाहरु मिलेर केही वर्ष अगाडि खोलिएको क्लब हो आशिर्वाद युवा क्लब । क्लबले नेपाली भाषा, साहित्य, संस्कृति संरक्षण , जगेर्ना तथा प्रवर्द्दन गर्नका लागि विभिन्न प्रकृति का कार्यक्रमहरु हरु आयोजना गर्दै आएको छ ।

साथसाथै युवाहरुको संर्वाङ्गिण विकासका निम्ति विभिन्न अभिमुखीकरण तथा प्रतियोगिता को पनि आयोजना गर्दै आएको छ । साहित्य क्षेत्रमा उत्कृष्ट गजलकारका छवि बनाएका प्रदिप रोदन संगै संगै पोखराका उदाँउदा गजलकार द्वय त्रुपक र प्रान्जलको विशेष रचनाहरु साँझमा सुन्न पाईनेछ ।

साहित्यिक साँझमा साहित्य प्रति रुची राख्ने र कलम चलाउने नव प्रतिभाहरुलाई पनि रचनावाचनका लागि निमन्त्रणा गरिएको छ । साहित्यिक साँझमा साहित्य प्रति रुची राख्ने सम्पूर्णलाई कार्यक्रमको मनोरञ्जन लिन निमन्त्रणा गर्दै कार्यक्रमले नेपाली साहित्य क्षेत्र प्रति युवाहरुको आर्कषण अझै बढ्ने छ भन्ने कुरा क्लबका इन्चार्ज विक्रम बरालले बताउनु भयो ।

कार्यक्रममा क्लबले जेठ २-१० गते सम्म आयोजोना गरेको अनलाईन गजल प्रतियोगिताका विजेता र उपविजेतालाई पनि पुरस्कृत गर्ने कुरा बरालले बताउनुभयो ।