गायिका नबिना सुवेदीको ‘केतुकी’ सार्वजनिक

नबिना सुवेदी र डिल्ली पौडेलको स्वरमा सजिएको लोकदोहोरी गीत ‘केतुकी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिहीबार साँझ ६ बजे Krishna Akheli युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।
शिव अखेलीको शब्द संकलन तथा संगीत रहेको उक्त गीतको म्युजिक एरेन्जर तारानाथ आचार्य हुन् ।
मिक्सिङ तथा मास्टरिङ खडक बजुरालीको छ । गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । सुमन केसी, सुनिल केसी, कृष्ण महत केसी र गंगा पौडेलको सामूहिक स्वर छ ।
कुमार केसीले निर्देशन गरेको भिडियोमा लोमश शर्मा र यशु भट्टराईको अभिनय छ । सिनेमाटुग्राफर राम केसी, इडिट तथा कलर अमृत चापागाईको छ । प्रोडक्सन म्यानेजर दिलिप हमाल हुन् भने पोष्ट प्रोडक्सन जनता डिजिटल हो ।