‘वेलकम टु हेम्जाकोट’ बाट बाट डेब्यु गर्दै चितवनका प्रेविल

चितवन- केहि दिनअघि मात्रै यसवर्षको प्रतिक्षित चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भयो । ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो, यसले अहिले चौतर्फी चर्चा कमाएको छ ।

वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताब–चडाब लगायतका विषयवस्तुमा आधारित चलचित्र क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्साह बढेको छ ।

ट्रेलरमा एउटा यस्ता अभिनेता देखिन्छन्, जसको यतिबेला चर्चा चुलिएको छ । चितवन शारदानगरका स्थानिय प्रेविल कंडेलको नमस्ते गर्दै ट्रेलर मा जुन किसिमको इन्ट्रि देखिन्छ त्यसले दर्शकमा अर्कै किसिमको एक्साइटेड गराउँछ । उनी चलचित्रमा म्यानपावर कम्पनी चलाउने युवाको भुमिकामा रहेको दर्शकले महशुस गर्न सक्छन् । तर, उनी आफै भने यस बिषयमा खासै खुलाएका छैनन् । हामीसँगको संक्षिप्त वार्तामा उनले भने, – ‘यो मेरो डेब्यु चलचित्र हो । तर, यसले मलाई असाध्यै धेरै आशा र भरोसा दिएको छ । ट्रेलर बाट पाएको दर्शकको समिक्षाले चलचित्र उद्योगमा करिअर बनाउनुपर्छ भन्ने उत्साह पलाएको छ ।’ प्रेविल हालै अर्को एक चलचित्रमा साइन गर्ने अन्तिम तयारीमा छन् । स्क्रिप्ट पढेर फाइनल भइसकेको र केहि दिनमा साइन गर्ने तयारीमा रहेको उनले बताए ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यो चलचित्र सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको हो । चलचित्रमा प्रेविलसँगै बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व।जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
यो चलचित्र केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । त्यस्तै, यसअघि सार्वजनिक चलचित्रका कन्टेन्ट आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायले दर्शकको ध्यान तानेको थियो ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् । चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।