रविमाथि आक्रमण भएपछी चितवनमा नेपाल आर्मी र प्रहरी अघि बढ्यो, हातपात गर्दै यस्तोसम्म गरेछन पापीहरुले हेर्नुस भागाभाग

चितवन । चितवन-२ आज भइरहेको उपनिर्वाचनमा एक केन्द्रको मतदान स्थगित भएको छ। भरतपुर-११ को नयाँ किरण माविमा मतदान स्थगित भएको हो। प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए।

लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए। सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो। रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ। उनी भिडिओ खिचिरहेका थिए।