प्रवासी नेपाली मंच (ओएनएफ) युकेका प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्याय !

लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले प्रमुख सल्लाहकारमा डा. कृष्ण उपाध्यायलाई चयन गरेको छ । गत आइतबार बसेको ओएनएफ युके कार्यसमिति पुर्ण बैठकले सर्वसम्मत रुपमा डाक्टर उपाध्यायलाई चयन गरेको हो ।

ओएनएफ युके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा बसेको कार्यसमितिको पुर्ण बैठकमा डा. उपाध्यायलाई प्रमुख सल्लाहकारको भुमिकामा राख्न प्रस्ताव गरिएकोमा सबैले समर्थन गरेका थिए । बाम आन्दोलनकर्ता तथा सामाजिक अभियन्ता डा. उपाध्याय नेपालको २०३६ तथा २०३७ साल देखि विद्यार्थी आन्दोलन हुँदै मानव अधिकारको क्षेत्रमा रास्ट्रिय अन्तररास्ट्रिय सङठनहरुमा रहेर काम गरिरहेका छन् ।
नेपाल, थाइल्यान्ड, बेलायत तथा नर्वेलगायत मुलुकहरुमा काम गरेका उनले लन्डन विश्वविद्यालयको स्कुल अब ओरिएन्टल एन्ड अफ्रीकन् स्टडिस (SOAS) बाट अन्तररास्ट्रिय मानविय कानुन र नेपालको माओवादी आन्दोलनमा विध्यावारिधी र थाइल्यान्डको माहिडोल विश्वविद्यालयबाट मानव अधिकारमा एमए गरेका छन् ।
नेपालमा रहदा राजनितिमा समेत सकृय वहाँ केही समय वेलायतमा समेत सकृयतापुर्वक साङठनिक काममा लागेका थिए । गैरआवासिय नेपाली अभियानमा समेत नेतृत्वदायी भुमिकामा बसेका डा. उपाध्याय एनआरएन युकेको प्रथम निर्वाचित महासचिव हुन । डा. उपाध्यायले हाल परामर्शदाताको रुपमा पनि काम गरिरहेका छन ।
राजनितीमा अराजकता, संस्कृति शुन्य र उत्तर्दायीत्वहिन भै रहेका यस अवस्थामा सवैले आफ्नो रुचि अनुसारका सङठनमा बसेर योगदान गर्नुको विकल्प सकिएको धारणा उनले राख्ने गरेका छन ।

नेपालमा भएको २०६२ र २०६३ सालको जनआन्दोलनमा बेलायतस्थित राजनीतिक दलहरुको भातृ संस्थाहरु तथा सामाजिक संघसंस्थाहरुलाई समेटेर सोलिढारिटि युके गठन गरि प्रवासमा समेत नेपालमा प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गरिएको थियो । जसको नेतत्व डा. उपाध्यायले गरेका थिए ।