शान्ति नेपाली समाज बेलायत मनायो नँया बर्ष बि स २०८० शुभकामना आदान-प्रदान कार्यक्रम । (भिडियो सहित हेर्नुहोस)

शान्ति नेपाली समाज बेलायतले दर्शकहरूको उल्लासमय सहभागितामा नयाँ वर्ष २०८० मनाएको छ ।

उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी र धर्मपत्नी श्रीमती सुनिता आचार्य विशेस अतिथीका रुपमा सहभागी थिए ।

नेपालबाट आएका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु रमेश राज भट्टराई, सम्झना भण्डारी र करिश्मा ढकालको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमको माहोल अत्यन्त रमणीय बनेको थियो।

अरू बेला भन्दा अलिक फरक हुने गरी कार्यक्रममा मन्तव्य थिएन । संस्थाका उपाध्यक्ष रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य, महामहिम राजदूतद्वारा शुभकामना र अध्यक्ष प्रवीण खरालबाट औपचारिक कार्यक्रम समापन भएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष प्रवीण खरालको सभापतित्वमा आशनग्रहणबाट सुरू भएको थियो । उक्त कार्यक्रम राजदूत आचार्य, अध्यक्ष खराल र संस्थापक अध्यक्ष काशिनाथ शर्माले दीप प्रज्वलन गरी उद्गघाटन गरेका थिए ।

कार्यक्रममा करिब ८०० जना दर्शकको सहभागिता रहेको समाजका अध्यक्ष खरालले जानकारी दिए । कार्यक्रम राती १० बजेसम्म चलेको थियो ।