दोहोरी गायक निशान्त विकको नयाँ गित ‘माया साटेर’ बजारमा

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच प्रत्यक्ष दोहोरीमा अब्बल दोहोरी गायक निशान्त विकको नयाँ दोहोरी गित ‘माया साटेर” डिजिटल बजारमा हिजै वेलुकी मात्रै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध दोहोरी गायिका शान्ति श्री परियार र लोकप्रिय गायिका टिका सानु, गायक निशान्त विक र सन्दिप सेन्चुरीको सुमधुर स्वरमा सजिएको गितमा दोहोरी सर्जक विक्रम बाबु विश्वकर्माको उत्कृष्ट शब्द सृर्जना एवम् गायक निशान्तकै लय रचना रहेको छ । गितमा सुनिल परियारले संगित संयोजन गरेका छन् । माया गर्ने प्रेमिकल जोडिहरुमा मायाप्रेमको भावलाई गितमा चित्रण गरिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

रायन वसेलको निर्देशन एवम् कोरियोग्राफीमा निर्माण गरिएको गितको म्युजिक भिडियोमा निशान्त विक, रायन बसेल, संचिता बोलाखे र मनिसा सुनारको अभिनयसंगै डान्सिग फिचरिग रहेको छ | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोमा करन चौसिरले छांयाकन एवम् राजकुमार मगरले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला दर्शक श्रोताको नजरमा परिरहेको छ ।

गित Tika Sanu अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।  गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि: