चर्चित गायक थानेश्वर गौतम र निशा केसीको गीत ‘सारा संसार एकातर्फी’ सार्वजनिक

काठमाडौँ । चर्चित गजल तथा लोक दोहिरी गायक थानेश्वर गौतम र गायिका निशा केसिको स्वरमा बजारमा “सारा संसार एकतर्फी”शिर्षकको नयां गित सार्बजनिक भएको छ ।

प्रभा बर्तौलाको शब्द रहेको उक्त गीतमा थानेश्वर गौतम आँफैले संगीत भरेका छन् ।थानेश्वरका पछिल्ला गितहरु चर्चामै छन भने निशा केसि अस्ट्रेलियामा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर लागिरहेकी पात्र हुन ।

मुटुमा खिल बस्यो,चरी बनभरी,पानपाते फुलि जस्ता चर्चित गित लगायत अन्य धेरै गितमा आवाज भरीसकेकी उनै निशा केसिको स्वरमा सार्बजनिक भएको यो गितको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ।