पीएचडी गर्ने सपना लिएर जर्मन पुगेका डाक्टर बसन्त फर्किन त फर्किए तर सेतो बाकसमा

मृ’ त्युको हुँदैन भर’ भनेझै कतिबेला कसको के कारणले मृ’ त्यु हुन्छ भन्ने निश्चित हुँदैन । खाडीका देशहरुमा जोखिमपूर्ण काम गर्ने नेपाली युवाहरु दु’ र्घटनामा परी कफिनमा फर्किएको कतिपय समाचार त हामीले सुनेकै हो । तर, बिडम्बना जर्मनमा पीएचडी गर्न

गएका पशुचिकित्सक विश्वविद्यालयको सबै पोजेक्ट वर्क सकेर सुतेको अवस्थामा अचानक बिरामी भएर नि’ धन भएपछि कफिनमा फर्किनु परेको छ ।पीएचडी गर्ने आकांक्षा लिएर जर्मन पुगेका चितवनका पशु चिकित्सक डा बसन्तकुमार अधिकारी जर्मनमा नि’ धन भएपछि कफिनमा फर्किएका हुन् ।

बिरामी भएर गत फागुन ३० गते जर्मनमा नि’ धन भएका अधिकारीको श’ वलाई नेपालमा ल्याएर देवघाटमा आज सोमबार परिवारले अ’ न्तेष्टि गरेका छन् । भरतपुर महानगरपालिका–४ लंकू धारापानी टोलका स्थायी बासिन्दा अधिकारी बच्चादेखि नै निकै मेधावी विद्यार्थी थिए ।

विसं २०५३ सालमा जन्मिएका उनले नारायणगढको लिटल फ्लावर स्कुलबाट एसएलसी विशिष्ट श्रेणीमा उर्तीर्ण गरेपछि भरतपुरकै अर्किड कलेजबाट विज्ञानमा १२ कक्षा विशिष्ट श्रेणीमा उर्तीर्ण गरेपछि पक्लिहवा क्याम्पसबाट पशु विज्ञान विषयमा बीएस्सी भेटनरी उतीर्ण गरेर पशु डाक्टर बनेका थिए ।

पक्लिहवा क्याम्पसमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिवसमेत बनेका अधिकारी राजनीतिमा विशेष रुचि राख्ने व्यक्ति थिए । उनीसँगै विद्यार्थी राजनीति गरेका अमृत मिश्र र तिलक भुसालले स्वर्गीय अधिकारी पढाइ र विद्यार्थी राजनीतिमा सफल व्यक्ति भएको बताए । उनीहरुले भने, ‘ चितवनसहित देशले नै एउटा बहुप्रतिभाको धनी व्यक्तिलाई गुमायो ।

सायद आज परिवारबाट टाढा हुनुपर्ने बाध्यात्मक परिस्थिति राज्यले सृजना नगरीदिएको भए सायद आज यो अपृय घटना हुनुबाट जोगिने केही सम्भावना हुने थियो । थाहा छैन अझै कति बसन्तहरू यसरी बाकसमा फर्किनुपर्ने हो । ’ उनीहरुले यस्तो पीडादायी अवस्था अन्य नेपाली युवाहरुले भोग्न नपरोस् भन्ने कामना पनि गरे ।

स्वर्गीय अधिकारी पूर्ण छात्रवृत्तिमा अध्ययनको लागि ६ महिना अगाडि जर्मनको गोटिङगेन विश्वविद्यालयमा पीएचडी अध्ययनको लागि पुगेको उनको भिनाजु राजु खड्काले नारायणी अनलाइनलाई बताए । उनी सुतेकै अवस्थामा हर्ट अट्याक भएको भिनाजु खड्काले बताए ।