आँफुसँग रात बिताउन चाहाने निर्देशकलाई यसरी ठेगान लगाइन् नायिका बिद्या बालनले

हालसम्म बलिउडमा यस्ता धेरै घटना भएका छन् जसमा सेलिब्रेटीले कास्टिङ काउचको सामना गर्नुपरेको छ । कास्टिङ काउचमा खुलेर बोल्ने उद्योगका धेरै चर्चित अभिनेत्रीहरुको नाम पनि सामेल छ । यी अभिनेत्री मध्ये एक हुन् विद्या बालन । विद्या बालन हरेक विषयमा खुलेर कुरा गर्छिन् । हिन्दी फिल्मका साथसाथै उनले दक्षिण भारतीय भाषाका फिल्ममा पनि काम गरेकि छन् ।

साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा आफ्नो संघर्षका दिन र कामको बारेमा कुरा गर्दै अभिनेत्रीले चकित पार्ने खुलासा गरेकी छन् । यो घटना त्यो दिनको हो, जब विद्या बालन दक्षिण भारतीय फिल्म उद्योगमा प्रवेश गर्न संघर्ष गरिरहेकी थिइन् । विद्या बालनले आफ्नो एक अन्तर्वार्तामा एक–दुई होइन १२ वटा प्रोजेक्ट एकै समयमा आफ्नो हातबाट बाहिरिएको बताइन् ।

विद्याले भनिन्,-मलाई याद छ म एक निर्देशकलाई भेट्न कामको सिलसिलामा चेन्नई गएको थिएँ। मैले उनलाई कफी सपमा बसेर कुरा गरौं भनें।ूअभिनेत्रीले थपिन्, उनी मलाई बारम्बार कोठामा जान आग्रह गरिरहेका थिए। उनी मसँग कुरा गर्न चाहन्छन् र हामी कोठामा जानुपर्छ भन्दै थिए। विद्याले थपिन् – मैले उनको सोच बुझें। यस्तो अवस्थामा म उनलाई कोठामा लिएर गएँ। कोठामा लगेपछि ढोका खोलेर छाडिदिएँ।

त्यसैले निर्देशकले ५ मिनेटपछि केही नबोली बाहिर निस्किए।समयको नाजुकता, विद्याको मुड, विद्याको कुराकानीको स्वर र खुला ढोका देखेर निर्देशक आफैं त्यहाँबाट भागे ।

तर विद्याले त्यो फिल्मबाट हात गुमाएर यसको मूल्य चुकाउनुपर्ने भयो । विद्याले भनिन्, ‘म कास्टिङ काउचको शिकार बन्न लागेको कुरा मलाई पछि थाहा भयो । तर, यो अन्तर्वार्तामा विद्या बालनले उक्त निर्देशकको नाम भने खुलाइनन् ।