अभिनेता सलोन बस्नेतकी पत्नी करिश्मा केसीका भाइको निधन

काठमाडौं -अभिनेता सलोन बस्नेतका साला तथा पत्नी करिश्मा केसीका भाइ किरण केसीको अल्पायुमै दुःखद निधन भएको छ । उनको सवारी दुर्घटनामा परी दुखद मृत्यु भएको बताइएको छ । केसीको अल्पायुमै दुःखद निधन भए भएपछि करिश्मा केसी सहित उनको माइती परिवार गहिरो शोकमा डुबेको छ ।

सलोनका काका जयकिसन बस्नेतका अनुसार किरणले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् । उनी २१ वर्षका थिए । भाइको अल्पायुमै दुःखद निधन भएपछि करिश्माले टिकटकमा भावुक पोस्ट गरेकी छन् ।

केही समय पहिले करिश्माले एक अन्र्तवार्तामा आफुलाई भाइले धेरै माया गर्ने बताएकी थिइन् । उनले सलोनसँग बिहे गरेपछि भाइले दिनकै फोन गर्ने बताएकी थिइन् ।