पूर्व मिस नेपाल श्रृंखला खतिवडालाई पछ्याउँदै हार्वड विश्वविद्यालय पुगेका हुन् सम्भव ?

काठमाडौं । पछिल्ला दिनमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको प्रेम सम्बन्ध टुटेको विषय चर्चा पाएसँगै शृखलाको जिवनमा अर्का युवक सम्भव सिरोहिया जोडिएको चर्चा छ । सम्भव सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियापुत्र हुन् ।

श्रृंखला र सम्भवबीच माया प्रेम झाँगिएको सम्भव र शृखला एकसाथ रहेका तस्विर र भिडियोहरु उनकै घरको दृश्य र आमा मनु खतिवडाले सेयर गरेका पोस्टहरुमा पनि यी दुई देखिनुले बल पुग्छ । सिसनसँगको ब्रेकअपको हल्लालगत्तै श्रृंखला फेरि अर्को सम्बन्धका कारण चर्चामा आएकी छन् । ब्याक टु ब्याक चर्चामा आउँदा यसपटक उनको नाम कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियापुत्र सम्भव सिरोहियासँग जोडिएको छ ।

चर्चाअनुसार, श्रृंखला र सम्भवबीच माया प्रेम झाँगिएका बेला शृखलाका नयाँ प्रेमी भनिएका सम्भव अमेरिकाको हार्वड विश्वविद्यालयअन्तर्गतको हार्वड बिजनेस स्कुलमा सम्भव भर्ना भएसँगै उनीहरुको प्रेम झाँगिदै गएको कुरामा झनै बले पुगेको छ ।

अध्ययनमा आफ्नो बेजोड रूची भएको बताउँदै उनले यसलाई थप परिस्कृत गर्नका लागि आफू हावर्ड बिजनेस स्कुलमा एक वर्षको कोर्षमा भर्ना भएको जनाएका छन् । श्रृंखला र सम्भवबीचको प्रेम सम्बन्धको चर्चा हुनु र यहीबीच एउटै शैक्षिक संस्थामा जोडिनु नेपाली उखान बाघ कराउनु र बाख्रा हराउनु भनेजस्तो मात्र हो कि अरू केही त्यो समयले नै देखाउला ।