आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट फिल्म बनाउँदै अभिनेता प्रदीप खड्का

काठमाडौं । अभिनेता प्रदीप खड्का अब आँफै फिल्म निर्माणमा लाग्ने भएका छन् । अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी प्रदीप मिडिया प्रालिबाट निर्माण गर्न लागेको फिल्म हो ‘बार्हा सी’ ।

प्रदीपले निर्माण गर्ने तयारीका साथ चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएको फिल्मको नाम नेवारी भाषामा छ । जसको अर्थ हो नेवारी समुदायमा गुफा बस्ने चलन ।

प्रदीप र पूर्णिमा श्रेष्ठलाई कलाकारको रुपमा देखिने यस फिल्मको लागत १ करोड भन्दा बढी हुने बताइएको छ । नेवार समुदायका बालिकालाई महिनावारी सुरु हुनुभन्दा अगाडि गुफा अर्थात् बार्हा राख्ने चलनलाई नै केन्द्रमा राखेर फिल्मको निर्माण गर्न लागिएको हो ।

करिब डेढ हप्ता अर्थात १२ दिनसम्म बाहिर ननिस्कि बन्द कोठाभित्र बस्दा कतिपय बालिकाको स्वास्थ्यमा समस्या आएर मृत्यु समेत हुने गरेको विषयलाई फिल्म ‘बार्हा सी’ले देखाउन खोजेको बुझिएको छ । बन्न लागेको स्रोतले जनाएको छ ।

अमेरिका जाने आप्रवासीको कथावस्तुमा बन्न लागेको फिल्म ‘क्यामिनो’को कार्यशालामा व्यस्त रहेका अभिनेता प्रदीपले हालै फिल्म ‘प्रकाश’बाट नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार हात पारेका थिए ।