मेलबर्नमा पुरुषतर्फको जोडी टेनिस प्रतियोगिता सम्पन्न, इन्टरस्टेट प्रतियोगिता यही बर्ष

ग्रिनभेल, मेलबर्न: मेलबर्नको ग्रिनभेलमा टेनिस भिक्टोरियासंग आबद्ध भएको नेप्लिज कम्युनिटी टेनिस क्लब भिक्टोरियाद्धारा आयोजित पुरुषतर्फको जोडी टेनिस प्रतियोगिता सम्पन्न भएको छ । १२ जोडीले भाग लिएको उक्त प्रतियोगितामा शंकर अर्याल र हरिकृष्ण पंगेनीको जोडी बिजेता बने भने निरन्जन पौडेल र अशोक गुरुङको जोडी उपबिजेता बनेका छन । । बिजयीहरुलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तरास्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले ट्रफी बितरण गरेका थिए ।

क्लबद्धारा यस अघि डिसेम्बर ४ र ५ मा एकल टेनिस प्रतियोगिता आयोजना गरेको थियो जस्मा ४० जनाले भाग लिएका थिए । क्लबका पब्लिक क्रियशनशिप कोअर्डिनेटर भिस्म गौतमका अनुसार आगामी नोभेम्बर-डिसेम्बरमा अस्ट्रेलियाका सबै राज्यहरुको सहभागिता हुने गरी इन्टरस्टेट टेनिस प्रतियोगिताको आयोजना गरिनेछ भने क्यानबेरामा आयोजना गरिने टेनिस प्रतियोगितामा क्लबले सहभागिता जनाउनेछ ।

प्रतियोगिताका लागि प्लाटिनियम स्पोन्सरमा डेस्टिनी होम, गोल्ड स्पोन्सरमा अपेक्स प्रपर्टी सर्भिसेस र सिल्भर स्पोन्सरमा अजी फाइनान्स एन्ड होम लोनस, आइसिएस र थर्मकाउस्टिक थिए ।

कार्यक्रमको अन्तमा क्लबका अध्यक्ष टोप आले, पब्लिक क्रियशनशिप कोअर्डिनेटर भिस्म गौतम र कोषाध्यक्ष रितेश बस्तोला तिनैजनाले छोटो समयको तयारीका बाबजुद प्रतियोगिता यस किसिमले सफल हुनुमा सबैको सहयोगको भूमिका रहेकोले उपस्थित र सकृय सहयोग गर्दागर्दै पनि काम बिशेषका कारण उपस्थित हुन नसक्ने सबैप्रति आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।