छड्के फिल्म असफल भएपछि शोभित बस्नेतले भने- ‘फ्लपको पनि सीमा हुन्छ नि !’

काठमाडौं । निर्देशक शोभित बस्नेतले नायक अनमोल केसी अभिनित चलचित्र ‘छड्के’बारे कटाक्ष गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बस्नेतले ‘छड्के’ बोल्न लायकको सम्म नभएको अभिव्यक्ति दिएका हुन् ।

‘तिम्रो मेरो साथ’ फ्लप भएपनि यतिसम्म फ्लप भयो भन्ने लेख्न लायक थियो । तर ‘छड्के’ त्यो लायक पनि नभएर मैले नलेखेको हो । फ्लप हुनुको पनि एउटा सीमा हुन्छ नि ! सीमाभन्दा तल फ्लप भएको चलचित्रलाई मैले के भन्ने ?’, उनले भनेका छन् ।

‘छड्के २.०’ फ्लप भएपछि आफ्नो ट्रोलहरु बनेको उनले बताए । ‘साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ आउँदा बोलेका शोभित ‘छड्के’ फ्लप हुँदा किन मौन भन्ने प्रश्नहरु धेरै आए । म ट्रोलर्सहरुलाई के भन्न चाहन्छु भने साम्राज्ञीको चलचित्र आउँदा म बोलेको हो । त्यो म मान्छु । ‘छड्के’ आउँदा म बोलिनँ । किनकि त्यो चलचित्र बोल्न लायकको पनि थिएन’, उनले भने ।

उनले ‘छड्के’ बारे थप जोड्दै भने, ‘लेख्दा पनि कमसेकम यति मान्छे आए वा शो क्यान्सिल भयो भनेर लेख्नुपर्‍यो नि ! ‘तिम्रो मेरो साथ’मा ६ जना आएका थिए । ‘छड्के २.०’ मा एक जना पनि नआउँदा कसरी लेख्ने