तिम्रो सपनाले मलाई सुत्न दिँदैन भन्दै प्रेमी विष्णुसँगको तस्वीर सेयर गरिन गायिका एलिना चौहानले, बधाइको ओइरो

काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँग प्रेममा छन् भन्न्े कुरालाई पुष्टि गर्ने एक तस्विर र स्टास सार्वजनिक गरेकी छन् । इन्स्टाग्रामबाट विष्णुसँगको एक युगल तस्वीर सार्वजनिक गर्दै उनले अर्थपूर्ण क्याप्सन लेखेकी छन् ।

उनले लेखेकी छन् तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिँदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’ स्टाटसको पुछारमा एलिनाले हार्ट(इमोजी उल्लेख गरेकी छन् । एलिनाले पहिलोपटक सार्वजनिकरुपमा प्रेमलाई स्वीकारेकी हुन् ।

उनले यस्तो पोस्ट गरेपनि उनलाई फ्यानहरले बधाइ दिइरहेका छन् । यस अघि टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अफेयर रहेको हल्ला चलेको थियो । एलिनाले हालै अष्ट्रेलियाको सांगीतिक भ्रमण गरेकी थिइन् जहाँबाट यी दुईले लगातार टिकटक भिडियो पोस्ट गरिरहेका थिए ।

गीतकार समेत रहेका सापकोटाले एलिनासँग मिलेर ‘बाजा तालमा’ बोलको गीत ल्याएका छन् ।