पोर्नस्टारलाई संस्कृतिमन्त्रीले दिए बधाई!

गत बुधबार हङकङका संस्कृति, खेलकुद तथा पर्यटनमन्त्री केभिन युङको नामबाट निस्केको एउटा विज्ञप्तिले सानोतिनो तहल्का नै मच्चायो। किनभने त्यो विज्ञप्तिमा एक पोर्न स्टारलाई बधाई दिइएको थियो।

हङकङमा जन्मेर जापानी एडल्ट फिल्म उद्योगमा चर्चा कमाएकी एरेना सोलाई बधाई दिँदै सो विज्ञप्ति निकालिएको थियो। विज्ञप्ति एक अनलाइन फोरममा भाइरल भएपछि मन्त्रीले प्रहरीकहाँ उजुरी दिएका छन्।

संस्कृति, खेलकुद तथा पर्यटन ब्युरोका एक प्रवक्ताले विज्ञप्ति नक्कली भएको स्पष्टीकरण दिएका छन्। उनले यसबारे उजुरी दिइएको पनि बताए। सो नक्कली विज्ञप्ति देखेर थुप्रै मानिस झुक्किएका थिए।

किनभने सो विज्ञप्ति मन्त्री युङले केही दिनअघि ओस्कर जितेकी अभिनेत्री मिसेल योहलाई बधाई दिँदै निकालेको विज्ञप्तिको भाषासँग मिल्दोजुल्दो थियो।

मलेसियामा जन्मेकी मिसेल योह १९८० र ९० को दशकमा हङकङमा स्टार बनेकी थिइन्। पछि सो नक्कली विज्ञप्तिको लिंक हटाइएको छ। यससम्बन्धमा उजुरी परेको र छानबिन भइरहेको प्रहरीको भनाइ छ। इन्स्टाग्राममा १ लाख ३२ हजार फलोअर्स भएकी पोर्नस्टार सो पछिल्लो समय जापानमा चर्चित हुँदै गएकी छन्। एससीएमपी

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।