आफ्नै घरमा पनि सुरक्षित छैनन् छोरीहरु

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बि एण्ड सी अस्पतालको शवगृहमा एकदिन शब राख्दा २२ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको प्रमाण भेटिएको छ ।

पछिल्लो समय अराजक व्यवसायीको रुपमा परिचित प्रसाईं नेतृत्वको बिएण्डसी मेडिकल कलेजले एक दिन शब राखेको शुल्क साढे २२ हजार रुपैयाँ लिने गरेको भेटिएको हो ।

पछिल्लो समय उनी बैंक तथा वित्तीय संस्थाले उच्च ब्याज लिएको भन्दै विरोध गरिरहेका छन् भने बैंकको सावाँ ब्याज तिर्न नहुने भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् ।

उनकै नेतृत्वमा पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा अभियान सञ्चालन छन् । बैंकले सर्वसाधारणलाई लुटेको भन्ने प्रसाईंले नै सञ्चालन गरेको मेडिकल कलेजले एकदिन शव राखेको पनि यति धेरै रकम असुलिरहेका छन् ।

विकासन्युजलाई प्राप्त प्रमाण हेर्दा बिएण्डसी अस्पतालले इमर्जेन्सी शुल्क ५ सय रुपैयाँ, दुई पटक इसीजी गरेको शुल्क १ हजार ८० रुपैयाँ र एक दिन शव राखेको २२ हजार ५ सय रुपैयाँ गरी कुल २४ हजार ८० रुपैयाँ लिने गरेको भेटिएको हो ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।