कर्मको फल भोग्दै दत्त दम्पती, बैठकमै अश्लील हर्कत गर्ने डीनकी पत्नी पनि भ्रष्टाचार अभियोगमा बर्खास्त

काठमाडौं । जुम बैठक चलिरहँदा चियाको गिलास लिएर आएकी महिला कर्मचारीलाई आफूतिर तानेर अश्लील हर्कत गर्ने कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बनमा परेका छन् । संयोग नै मान्नुपर्छ, कृषि विकास बैंकमा कार्यरत उनकी पत्नी पनि भ्रष्टाचार अभियोगमा निलम्बनमै छिन् ।

दत्तले मंगलबार स्नातक तहको चौथो वर्षका विद्यार्थीहरूसँग जुममा ओरेन्टेसन कार्यक्रम राखेका थिए । जहाँ ६५ भन्दा बढी विद्यार्थी जुम बैठकमा जोडिएका थिए । जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहेका थिए । दत्त पनि जुम बैठकमा भिडिओ अनम्युट गरेर सहभागी बने ।

अरु सहभागीको भिडिओ म्युट थियो । तर, उनको भिडिओ अनम्युट हुँदा उनी के गरिरहेका छन् भन्ने अरु विद्यार्थीले स्पष्ट देखिन्थ्यो । त्यसैको कारणले पनि दत्तले कार्यालयमा गरेको हर्कत बाहिर आयो । जुम मिटिङ भइरहेको बेला उनले महिला कर्मचारीलाई जबरजस्ती तानेर आफनो काखमा ताने ।

जबकी उनको यो हर्कत जुममा जोडिएको ६५ भन्दा बढी विद्यार्थी र दुई प्राध्यापकले देखे । दत्त त्यतिमै रोकिएनन् । महिलालाई तानेर संवेदनशील अंगमा चुम्बन गरेका थिए । सार्वजनिक भिडिओ हेर्दा उनी बैठकमा सहभागी कसैको मतलव नगरी महिलालाई दुव्र्यवहार गर्न व्यस्त देखिन्छन् ।

उनको हर्कत बाहिर आएको छ । उनले कार्यकक्षमै दुव्र्यवहार गरेको पहिलो पटक भने होइन । यसअघि पनि उनीमाथि महिलामाथि दुर्व्यवहार गरेको आरोप लाग्थ्यो र तर आफैँ डीन भएपछि कारबाही कसले गर्ने ?

विश्वविद्यालयलका एक प्राध्यापकका अनुसार यसअघि उनले महिला कर्मचारीलाई कार्यकक्षमै पटक-पटक दुर्व्यवहार गर्दै आइरहेका थिए । तर, उनीविरुद्ध उजुरी गर्दा कारबाही त परको कुरा उल्टै डीनलाई फसाउन लागेको आरोप लाग्ने गरेको थियो ।

त्यसैको कारण पनि डीनले पटक-पटक उन्मुक्ति पाउँदै आएका थिए । कारबाही नहुने भएपछि झनै हौसिएको एक प्राध्यापकले बताइन् । यसअघि उनले गरेको हर्कतको प्रमाण विश्वविद्यालयले माग्ने गथ्र्यो । तर, दुर्व्यवहारमा परेको महिलाहरूसँग प्रमाण नहुँदा थप दुर्व्यवहार गर्ने गरेको र उन्मुक्ति पाउने गरेको गुनासो छ ।

उनलाई माओवादी पार्टीको समर्थन रहने र उपकुलपति पनि माओवादी भएकाले गर्दा राजनीतिक संरक्षणमा महिलामाथि जति दुर्व्यवहार गरेपनि जोगिँदै आएका थिए । यसपटक भने दत्तको भिडिओ नै सार्वजनिक भएपछि कृषि तथा वन विश्वविद्यालयले कारबाही गर्न बाध्य भयो ।

विश्वविद्यालयका पदाधिकारीहरू कारबाही गर्ने पक्षमा भने थिएनन् । भिडिओ नै सार्वजनिक भएपछि चौतर्फी दबाबमा विश्वविद्यालयले कारबाही गर्‍यो । उनलाई अन्तत निलम्बनमा राखेर अनुसन्धान गर्न छानविन समिति गठन भएको छ । तर, विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मी भने दत्तलाई बचाउन खोजिरहेका छन् । घटना भएको देख्दा देख्दै सीधै बर्खास्त गर्नुपर्नेमा सत्यतथ्य छानबिन गर्न भन्दै त्यतिन्जेलसम्मका लागि निलम्बनमा राख्यो ।

छानबिनका लागि निलम्बन गर्ने भनेर उपकुलपति रेग्मीले डीनलाई जोगाउन खोजेको आरोप कर्मचारीले लगाएका छन् । भिडिओमा सबै कुरा देखिएको विषयमा छानविन गर्ने भन्नुको आसय जोगाउने रहेको एक प्राध्यापकले बताए ।

स्रोतले भन्यो,‘अश्लील हर्कत गर्ने दत्त माओवादी नेता नै हुन् । माओवादीकै सेवा निवृत्त प्रा.डा. श्रवणकुमार साहको संयोजकत्वमा छानविन समिति बनाइनुले उनलाई चोख्याउने योजना हो भन्ने सहजै बुझ्न सकिन्छ । उपकुलपति रेग्मी पनि माओवादी कोटाबाटै नियुक्त भएकाले यो सबै सेटिङ हो ।’

दत्त पनि माओवादीनिकट छन् । उनी दोस्रो पटक डीनमा नियुक्त हुनुमा माओवादीका शीर्ष नेताको हात छ । कृषि संकायमा रिक्त डीन नियुक्त गर्न ७ जनाको निवेदन परेको थियो । दत्त चौथो नम्बरमा थिए । १, २ र ३ नम्बरका प्रोफेसलाई फालेर चौथो नम्बरमा रहेका दत्तलाई दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा नियुक्त गरियो ।

उनलाई नियुक्त गर्न माओवादी नेताको दबाब थियो । त्यसैको कारण पनि विश्वविद्यालयका पदाधिकारीसँग छलफल नै नगरी सिधै नियुक्त गरियो । अझै पनि उनलाई चोक्ख्याउन भिसी रेग्मी लागि परेका छन् । तर, प्रमाणकै रूपमा भिडिओ सार्वजनिक भइसकेपछि पनि दत्तलाई जोगाउनका लागि छानबिनसमितिको प्रतिवेदन नआउनुजेलसम्मको लागि मात्रै निलम्बन गरिएको छ ।

श्रीमती यसअघि नै निलम्बित
संयोग नै मान्नुपर्छ कृषि संकायका निलम्वित डीन दत्त र श्रीमती शोभाकुमारी दुवै सरकारी जागिरमा थिए । शोभा कृषि विकास बैंकको शाखा प्रमुख थिइन् भने जयप्रकाश कृषि संकायका डीन । उनीहरू एक वर्षको अन्तरालमा पालैपालो आफ्नै कर्मको फल भोग्दै कानूनी फन्दामा परेका छन् ।

श्रीमती शोभाले कर्मको फल भोगिसकेकी छन् भने जयप्रकाश त्यही लयमा पुगेका छन् । शोभाले आर्थिक अनियमितामा सलंग्न भएपछि जागिरबाट हात धुन परेको छ । जयराज पनि यौन दुर्व्यवहारको आरोपमा बर्खास्तमा पर्ने छन् । उजुरी परे जेल जानेछन् । यद्यपि भिडिओमा देखिएकी महिला कर्मचारीले उजुरी गरेकी छैनन् । जयराजले ती कर्मचारीसँग सहमतिमा सम्बन्ध हुने गरेको बताएका छन् ।

दत्तकी श्रीमती शोभा गत वर्षको असोजमा निलम्बनमा परिन् । शोभा सरकारी स्वामित्वमा चितवनमा रहेको कृषि विकास बैंकको गुञ्जननगर शाखाकी शाखा प्रमुख थिइन् । शोभालाई आर्थिक हिनामिना गरेको आरोपमा निलम्बन गरियो । बैंकले आर्थिक हिनामिना गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदनले उनीसहित ३ जना दोषी देखिएपछि उनलाई शाखाप्रमुखबाट बर्खास्त गरेको थियो ।

कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले शाखा प्रमुख नै मुख्य दोषी देखिएकाले उनलाई गत वर्ष नै बर्खास्त गरिएको बताए ।

उनले नेपाल प्रेससँग भने,‘ उहाँले ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको पुष्टि हुन आएपछि त्यतिनै बेला बर्खास्त गर्‍यो । उहाँसँगै थप ३ जनालाई पनि हामीले बर्खास्त गरेका थियौं ।’