गुलाबी कलरको थाई हाइ स्लिट ड्रेशमा यसरी खुलीन् सम्राज्ञी, हेर्नुहोस् तस्विरहरु

काठमाडौँ। अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाहका पछिल्ला फिल्महरु लगातार फ्ल्प हुँदै गएपछि उनी पर्ख र हेरको अवस्थामा छिन् अहिले । अनमोल केसीसँग ‘ड्रिम्स’मा एकसाथ काम गरेकी यी सुन्दरीले डेब्यु फिल्ममा नै कमालको अभिनय गरेपछि उनलाई रुचाइयो ।

मङ्गलम, मारुनीपश्चात साम्राज्ञीले फिल्म ‘तिम्रो मेरो साथ’मा पुष्पसँग तेस्रो पटक काम त गरिन् तर उनको कामलाई दर्शकले पत्याएनन् । नेपाली फिल्ममा सङ्ख्यात्मकरूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री भएपनि सम्राज्ञी राज्यलक्ष्मी शाहका पछिल्ला आशा गरिएका दुई फिल्म सुपर फ्ल्प नै सावित भएको समिक्षक बताउँछन् ।

आशा गरिएका फिल्म ‘तिम्रो मेरो साथ’ र जितु नेपालसँगको ह्यारी की प्यारी फ्ल्प भएपछि उनको करियर कसरी अघि बढ्ला भन्ने प्रश्नहरु त उठेका छन् । तर यही माहोलमा यी सुन्दरीले बोल्ड लुक्स र सिजलिंग स्टाइलमा सुट गराएका तस्विरहरुले चर्चा पाइरहेका छन् ।

सम्राज्ञीले सामाजिक संजालमा राखिएको लेटेस्ट फोटोजले यतिबेला सबैको ध्यान तानेको छ। जहाँ उनले गुलाबी कलरको थाई हाइ स्लिट ड्रेश लगाएकी छिन्। यस ड्रेसमा उनी एकदम आकर्षक देखिएकी छिन्। हेर्नुहोस सुन्दरी सम्राज्ञीको ग्ल्यामरस लुक्सका केही तस्विरहरु